एनपिएल क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार भएको अन्तिम खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पार्यो।
क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग हारेको थियो तर अन्तिम गेममा जनकपुरले दमदार प्रदर्शन गर्दै उपाधी हात पार्न सफल भयो।
जितका लागि १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन, आशिफ शेख ३३ रन उनी क्याप्टेन पनि हुन,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए। हर्ष थाकर ३० र मयन यादव २ रनमा नटआउट हुँदै खेल समापन गरेका थिए। जनकपुर बोल्ट्सले पावरप्लेमा विकेट नगुमाइ ७१ रन बनायो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले १/१ विकेट लिए।
त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८४ रन बनायो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले एक/एक विकेट लिए। जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले ३/३ विकेट लिए भने जिमी निशम र ललित राजवंशीले १/१ विकेट लिए।
सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले शानदार सुरुआत गरे। उनीहरूले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय पारी खेले। उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए। साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले।
सुदूरपश्चिमका ब्राण्डन म्याकमुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन मात्र जोडे। अन्य ब्यट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
जनकपुर बोल्ट्सलाई यो नै अवसर बन्यो र अन्त्यम ५ विकेटले सुदूरपश्चिमलाई हरायो।
दिपेन्द्र सिंहले प्लेयर अफ टुर्नामेन्ट उपाधी जित्दै कार पाउने सुनिश्चित भएको छ।