काठमाडौँ । विद्यार्थी ठगेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो प्रहरीले बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिसा सर्भिसेसका संचालक दिवस नाम गरेका एक व्यक्तिलाई पुतलीसडकस्थित कन्सल्टेन्सीको कार्यालयबाट पक्राउ गरेको हो ।
रिपोटिङका क्रममा रहेको विश्वदृष्टिकोणको टोलीले उनलाई पक्राउ गर्दै गरेको भेटेपछि खोजी गर्दा सिंगो परिवार नै ठगीमा संलग्न रहेको पाइएको छ । बेस्ट ब्रेन्स एजुकेशनले युके पठाइदिने भन्दै थुप्रै विद्यार्थीबाट १५ करोड रुपैयाँ ठगी गरेको बुझिएको छ ।
बेस्ट ब्रेन्स एजुकेशन जानुका ढुङ्गानाको नाममा दर्ता भएको कन्सल्टेन्सी हो । जानुका बेलायतमै छिन । नेपालमा उनको बुवा बताउने अर्जुन ढुङ्गाना र रिता घिमिरेले कन्सल्टेन्सी चलाएका छन ।
जानुका बुवा अर्जुनले आरोप लगाए अनुसार ” नेहा अधिकारी, विन्दु पोखरेल, राजेन्द्र सापकोटा लगायतले ठगी गरेका छन “। यो विषयमा पिडित पक्ष र पिडक पक्षलाई बिहीबार विहान मालिगाउँ प्रहरी बृत्तमा छलफल राखिएको छ । विश्व दृष्टिकोणको टोली मालिगाउ प्रहरी वृत पुग्दा विहीवार छलफल हुने सर्तमा दीवस भन्ने व्यक्तिलाई पक्राउ गरि छोडिएको छ ।