दशैंमा नेपाल प्रहरीको सेवा, बस निःशुल्क चलाउने

दशैंको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुई बस निःशुल्क सञ्चालन गर्ने भएको छ । प्रहरीले चलेको उक्त बसमा भाडा नतिरी सवार गर्न सकिनेछ।

२४ असोज, काठमाडौं। दशैंको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुई बस निःशुल्क सञ्चालन गर्ने भएको छ । प्रहरीले चलेको उक्त बसमा भाडा नतिरी सवार गर्न सकिनेछ।

फूलपातीका दिनदेखि सार्वजनिक यातायातका साधनहरु न्यून चल्ने भएकोले सर्वसाधारणको सुविधाको लागि उक्त बस नि:शुल्क चलाउन लागिएको हो। एउटा बस रिङरोडभित्रका सर्वसाधारणलाई सेवा दिनेछ भने अर्को बसले उपत्यका बाहिर सेवा दिने बताईएको छ।

काठमाडौं उपत्यकाभित्र चल्ने बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल सम्म पुगेर फिर्ता हुनेछ भने अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ।

May be an image of text

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार