भाद्र महिनाको शुक्लपक्षको तृतीयालाई हरितालिका भनिन्छ, यो बर्ष भाद्र २१ गते परेको छ। ‘हरित’को अर्थ हरण र ‘आलिका’को अर्थ साथी हुन्छ। हरितालिकाको प्रसिद्ध नाम तीज हो । यो चाड विशेषगरी नारीहरूले मनाउने पर्व हो ।
गौरी, शक्ती तथा हिन्दु धर्मका ठुला देवता, महादेवपत्नी भएकोले महादेवी भनिन्छ त्यसैले पार्वती हिन्दु धर्मालम्बीकी देवी हुन। पौराणिक कथाअनुसार भाद्र शुक्ल तृतीयाको दिन हिमालयकी पुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका साथिहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो भनेर पौराणिक ग्रन्थमा भेटिन्छ। बिशेष गरि स्वस्थानीमा बर्णन गरिएको छ।
नेपाली समाजमा पौरस्त्य कालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिईन्छ। धेरै पहिले बाल्यकालमै बिबाह गरिदिने चलन थियो। विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत बोलाउने चलन छ । सानैमा विवाह भएर टाढा पुगेका छोरी-चेलीलाई घरसम्मै माइतीपक्ष लिन जाने चलन छ। तिजको रौनक भनेकै रमाइलो भेटघाटबीच स्वादिष्ट दर खाने, एकसाथ भेला हुने, तिजको दिन ब्रत बसी पंचमीका दिन सामूहिक पूजा लगाउने र नाचगानले आफ्ना बर्ष भरिका दुःखसुखका पीरमर्काररौनक क्षण व्यक्त गर्ने अवसर तीजले नै जुटाउँछ। घरमा महिलाले भोगेका दु:ख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन छ । यसरी छिमेकमा दिदीबहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी छाड्न बाध्य नारीहरू यस दिन वर्षभरिको सबै दु:ख बिर्सिएर रमाउने गर्छन् ।लामो समयको तिज हुने भएकाले माइतीमै दिदीबहिनीहरूले घरतर्फ नन्द आमाजू, सासूससुरा, देउरानी/जेठानी र स्वयं पतिले दिएका पीडाहरूलाई बिसाउन पाउँथे। तसर्थ तीजमा पराई घरमा छोरी चेलीले दुख पाएका घटनाहरूको बर्णन गरि आमाबुबाको प्रगाढ माया प्राप्त गर्ने र घटना संग सम्बन्धित बिरही भाकाहारु गाउने चलन विगत समयका साथै वर्तमान समयमा पनि छँदै छ ।
पुरुष वर्गका लागि जनै पुर्णिमा जस्तै महिलाहरुका लागि तिज बिशेष पर्ब हो। पुरुषबर्गले पुर्णिमाको अगिल्लो दिन दरखाने चलन छ भने, महिला अर्थ्यात नारीहरुले हरितालिका तिजको अगिल्लो दिन दर खाने प्रचलन छ।
तिजको अघिल्लो दिन अर्थात् द्वितीयाको दिन, दर खाने दिन पनि भनिन्छ । यस दिनमा राति मध्याह्न १२ बजेसम्म विभिन्न दूधजन्य परिकारहरु अथवा शुद्ध खाद्य पदार्थबाट बनाइएका परिकारहरु काँक्रा, सेल रोटी, खिर, अँचार, तामाका अँचारलगायतका परिकारहरु खाने प्रचलन रहेको छ । हरितालिका तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ, कतिपय महिला संजालले पार्टी प्यालेस बुक गरेर समेत दर कार्यक्रमको आयोजना गर्छन। यो पर्व नेपाल, भारत, अमेरिका, अस्ट्रेलियालगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा मनाइन्छ। तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने, नयाँ कपडा, गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि लिईन्छ तीजलाई।
अगिल्लो दिन निराहार बसी उमामहेश्वरको पूजा गर्ने र भोलिपल्ट व्रतको पारण पश्चात भोजन गर्नेसम्मका कार्यहरु पर्दछन। तिजको दिन निराहार व्रत बसी नजिकैको शिवालयमा गई पार्वतीसहित भगवान् शिवको पूजा(आराधना गर्ने विधान छ । अविवाहित नारीले शिवजीजस्तै योग्य वर प्राप्त गर्न सकूँ र विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि शिवको आराधना गरि व्रत बस्छन् । त्यसैगरी तीजका दिन महिला दिदीबहिनीहरुले प्रायस् राता पोशाकहरु लगाउने गरिन्छ । हिन्दु परम्परा अनुसार रातोलाई प्रतिकको रुपमा लिईन्छ जस्तै रातो साडीस् खुशी, स्मृति र शाहसको प्रतीक । रातो पोते स् शौभाग्यको प्रतीक । रातो टीका स् शौभाग्यको प्रतीकको रुपमा लगाइने गरिन्छ।
वर्तमान अवस्थामा खासगरी शहरबजारमा तीज खर्चिलो पर्वको रूपमा देखापर्न थालेको छ । १५/२० दिन अघिदेखि दर खानेदेखि व्यावसायिक गीतका क्यासेट निकालेको पाइन्छ। तीजको सृजनात्मक पक्षलाई कुल्चदै व्यावसायिक र निर्लज्ज प्रवृत्तिका गीत गाउने, फेसनका पहिरन, गहना, शृङ्गारका साधन देखाउने, देखौवाका लागि पूजा लगाउने र दरका नाउँमा करिब महिनौं अघिदेखि सार्वजनिक रूपमा गरिने सामूहिक कार्यक्रमको प्रबन्धले तीजमा नसुहाउँदो आकृति निम्त्याएको पाइन्छ ।
यसैगरी पञ्चमीको दिन विभिन्न मनोकांक्षा पूराको लागि ब्रत बस्ने गरिन्छ। यस दिनमा धार्मिक परम्परा अनुसार ३६५ वटा दत्तिउनले दाँत माझ्ने र माटो लेपन गरी स्नान गर्नुपर्ने बिधान छ। अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने: कर्कलो आदिको तरकारी मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । पञ्चमी ब्रत विवाहित वा अविवाहित दुवैले गर्न सकिन्छ । यसरी पञ्चमीमा ३६५ अपामार्ग डाँठ टोके वर्षभरि भएका जानअञ्जानका विभिन्न गल्तीबाट मुक्ति पाइन्छ भन्ने मान्यता रहेको छ। महिला दिदीबहिनीहरुलाई रजश्वला हुँदा छोइन नहुने व्यक्तिहरुसँग छोइएका हुन्छन्, ती पापबाट मुक्ति हुनका लागि पञ्चमीको ब्रत बस्नुपर्ने मान्यता रहेको छ ।
भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले शिवजीलाई पति पाऊँ भनी गरेको व्रत आरम्भबाट तीजको परम्परा चलेको पाइन्छ । जब पार्वतीको जप, तप, चिन्तन, ध्यान, पूजा सम्पूर्ण महादेवमा केन्द्रीभूत थियो, उसबेला नारदको अनुरोध अनुसार पिता हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गरेका थिए। पर्बतराज हिमालयले इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निर्क्योल गरेको थाहा पाएपछि पार्वतीलाई असहनीय पीडा भयो । उनले आफ्नो वेदना सखीहरूलाई वृतान्त सुनाइन। सहेलीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे र भगाएर जंगलमा पुर्याए। पार्वती हराएको खबरले हिमालयको दरबारमा भने आर्तनाद मच्चियो । यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष (चाँडै नै सन्तुष्ट हुने) भगवान् शिवजीको तपस्या गरिन् । उनले बालुवाको शिवलिंग (शिवको लिङ्गाकार रूप) बनाई पूजा गरिन् र ॐ नमः शिवाय मन्त्रद्वारा भगवान् शिवजीलाई तुष्ट गराई वर स्वरूप उनै शिवजीलाई पतिरूपमा प्राप्त गरिन् । यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भनिएको हो।
दरका नाममा अशुद्ध परिकारहरु जस्तैस् वियर, मम, पिजालगायत अन्य पेय पदार्थको सेवन गरी आफनै तालमा रमाएको दृश्य आधुनिक युगमा देखिन्छ । यस्ता घटनाले तीजको महत्व घटाउने मात्रै होइन आफ्नै कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषयको वदनाम हुने गरेको छ । यसले हाम्रो परम्परा, संस्कृतिमा सिधै ताडन भएको देख्न सकिन्छ । कला, संस्कृतिका नाममा न कुनै लय, न भाका, न कुनै लोक बाजाको प्रयोग न कुनै तीज विशेषका शब्द सङ्ग्रह भएको देखिन्छ । खालि दङ्गा मच्चाउने, आफ्नो धर्म, संस्कृतिमा ठूलो प्रहार भएको छ ।
रमाइलोका नाममा गलत प्रवृत्तिलाई आडभरोस दिनु समाजका लागि समेत हित हुदैन। समयमै हामी सबैले यस्ता गतिविधि रोक्न सकेनौँ भने प्रचण्ड रुप लिन्न भन्न सकिन्न । अतः हामीले यो संस्कृति, कला, यो परम्परा नै लोप हुने अवस्थामा छ, यसलाई जगेर्ना गरि पुस्तान्तरण गर्न समेत अवस्था नहराउला भन्न सकिन्न अहिलेको समयमा लोक लय, भाका, बाजा जस्तै मालद, बाँसुरी, विणा, भर्चुङलगायतका बाजाहरु सुन्न त के देख्न पनि नपाउने अवस्था रहन्छ । धर्म, संस्कृतिका नाममा हुँदै आएका गलत क्रियाकलापहरुलाई रोक्न हामी सबै लाग्नु पर्छ । आगामी सन्ततीहरुका लागि हाम्रो धर्म, संस्कृति बजाइदिनुपर्ने बेला आएको छ ।
हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न शिवालयहरुमा लाखौँ महिला भक्तजनको भीड लाग्ने गर्छ। तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’, ‘नाचौ न छम-छम-छम’, जस्ता गीत बजाइरहेको सुन्न सकिन्छ। तिज लागेसंगे कलाकारहरुले नया नया गित सार्बजानिक गरेका छन्।