छोराछोरी विदेश पठाउने २१.७% ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना – शोधवृत्ति अध्ययन

विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका विचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७% व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३% मा मध्यम खालको एक्लोपना देखियो । १५% मा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८% उच्च एक्लोपना, २८.३% मा मध्यम र २३.७% मा शून्य देखियो ।

हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उहाँहरुले हीनता बोध गर्नुभएको हो । यसैकारण उहाँहरुमा एक्लोपना र निराशा देखिएको, अध्ययनले देखाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार