संविधान संशोधन जरुरी: विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालको संविधान संशोधन गर्न जरुरी रहेको बताएका छन् ।आइतबार अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा काठमाडौमा आयोजित `महिला सुरक्षाका चुनौती र समाधान बिषयक´ अन्तर्कृयालाई सम्बोधनको क्रममा महासचिव विप्लवले अहिलेको संविधानले महिला, दलित,जनजाति लागायत उत्पीडित जनतालाई अधिकार सम्पन्न गर्न नसकेको बताए ।

“संविधान संशोधन जरुरी छ, तर अहिले सरकार र सत्तासीन पार्टीहरुले जुन संशोधनको कुरा गरिरहेका छ्न त्यसले प्राप्त अधिकार समेत काटिने हुन कि भन्ने नागरिकमा चिन्ता छ”- महासचिव विप्लवले संशोधनको औचित्यमाथि जोड दिदै भने- “यदि संशोधन गर्ने हो भने महिला, दलित, जनजाति लगायत उत्पीडित जनतालाई अधिकार दिनका लागि गरौं, त्यसबारे हामीले पहिलेदेखि भन्दै आएका छौं ।”

हिजो संविधान निर्माणको बेला संविधान सभाका महिला सभासदहरुको ककसहरु थिए , त्यसलाई बनाउन दिइएन, उनीहरुलाई एकताबद्ध हुन दिइएन भन्दै महासचिव विप्लवले हिजो जनयुद्धको क्रममा ४० प्रतिशत महिलाहरु युद्धमा अधिकारको लागि सहभागी रहेको उल्लेख गरे।

मन्तव्यको क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी माओवादीले महिला, दलित , जनजाति, युवा, किसान, पार्टी ,सेना, नेतृत्व लगायतका बिषयमा २०५७ सालमा निकै महत्त्वपूर्ण निर्णय ग रेको भएपनि २०६४ पछि ती कुराहरू छोडिएफिएपछि माओवादी आन्दोलन अलमलमा परेको समेत बताए।

महासचिव विप्लवले महिला आन्दोलन, महिला माथीको लैङ्गक हिंसाको समाधान लगायतका कुराहरू कुनै राजनीति दलका मात्रै मुद्दा नभएको बरु यी कुराहरू सबैका साझा बिषय भएकोले संसद , सडक देखि राजनीतिक दलहरूले आ- आफ्नो ठाउँमा अधिकारको लडाइ लड्नुपर्ने जरुरी रहेको बताए।

अन्तर्कृयामा नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र)का महासचिव देब गुरुङ, एमाले स्थायी समिति सदस्य बिन्दा पाण्डे, काङ्ग्रेस नेता पुष्पा भुसाल,वरिष्ठ अधिबक्त्ता एकराज भण्डारी, श्रम तथा बालबालिका मामलाका बिज्ञ प्रकाश शर्मा लगायत बक्त्ताहरुले महिला सुरक्षाका चुनौती र समाधानबारे मन्तव्य राखेका थिए।

अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सीले अन्तर्कृयाको अवधारणा पत्र पेश गर्दै अध्यक्षता गरेको कार्यक्रममा संगठनकी महासचिव राजकुमारी सीले मन्तव्यद्वारा स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संविधानसभा सदस्य एवम् महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष धिरेन्द्रा सी (भृकुटी)ले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार