कृषि विकास बैंकको सिस्टम बाट १अर्ब ३९ करोड रुपैयाँ गाएब

काठमाडौं नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकबाट १ अर्ब ३९ करोडभन्दा धेरै रकम हराएको छ । बैंकले उर्जा शीर्षकमा गरेको लगानी अध्ययन गर्दै जाँदा २०७६ असारमा १ अर्ब ३९ करोड रुपैयाँ सिस्टमबाट गायव भएको हो ।

बैंकले २०७५ साउनदेखि ७६ असारसम्म आफैले १ अर्ब ४७ करोड रुपैयाँमा उर्जा शीर्षकमा बास्तविक कर्जा लगानी गरेको थियो । सोही आर्थिक बर्षको जेठ महिनामा बैंकले दुईवटा बैंकबाट ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कर्जा खरिद गरेको विवरणमा उल्लेख छ । यो अबधिमा बैंकले सानिमा बैंकबाट २ अर्ब ५५ करोड र प्राइम बैंकबाट ३ अर्ब ५० करोड रुपैयाँकोे उर्जा शीर्षकको कर्जा खरिद गरेर सोही रकम बराबरको कृषि कर्जा बेचेको थियो ।

यही किनबेचको चक्करले बैंकबाट अर्बौ रकम गोलमाल भएको छ । आर्थिक बर्ष २०७५/०७६ मा बैंकले आफैले १ अर्ब ४७ करोड रुपैयाँ बास्तविक कर्जा लगानी गरेको थियो । बैंकले त्यो भन्दा अगाडि ४० करोड लगानी गरिसकेको थियो । त्यहि अवधिमा बैंकले अगाडि स्वीकृत भएको कर्जाबाट १३ करोड भुक्तानी गरेको थियो । यो बर्ष गरेको लगानी, पुरानो कर्जा, कर्जा भुक्तानी र खरिद गरिएको कर्जा जोड्दा ८ अर्ब ५ करोड हुनुपर्ने हो । तर बैंकले ६ अर्ब ६६ करोड बास्तविक कर्जा लगानी गरेको भनेर नेपाल राष्ट्र बैंकलाई रिपोटिङ गरेको छ । बैंकले प्रवाह गरेको बास्तविक कर्जाबाट १ अर्ब ३९ करोड रुपैयाँ घटाएर राष्ट्र बैंकमा रिपोटिङ गरेको छ । यही रकम सिस्टमबाट हराएको हो । यसमध्ये केही रकम ग्यास र पानीमा समेत लगानी भएको छ ।
यही किनबेचको चक्करले बैंकबाट अर्बौ रकम गोलमाल भएको छ । आर्थिक बर्ष २०७५/०७६ मा बैंकले आफैले १ अर्ब ४७ करोड रुपैयाँ बास्तविक कर्जा लगानी गरेको थियो । बैंकले त्यो भन्दा अगाडि ४० करोड लगानी गरिसकेको थियो । त्यहि अवधिमा बैंकले अगाडि स्वीकृत भएको कर्जाबाट १३ करोड भुक्तानी गरेको थियो । यो बर्ष गरेको लगानी, पुरानो कर्जा, कर्जा भुक्तानी र खरिद गरिएको कर्जा जोड्दा ८ अर्ब ५ करोड हुनुपर्ने हो । तर बैंकले ६ अर्ब ६६ करोड बास्तविक कर्जा लगानी गरेको भनेर नेपाल राष्ट्र बैंकलाई रिपोटिङ गरेको छ । बैंकले प्रवाह गरेको बास्तविक कर्जाबाट१ अर्ब ३९ करोड रुपैयाँ घटाएर राष्ट्र बैंकमा रिपोटिङ गरेको छ । यही रकम सिस्टमबाट हराएको हो । यसमध्ये केही रकम ग्यास र पानीमा समेत लगानी भएको छ ।

यो रकम हराएको विषयमा कृषि विकास बैंकले खोजिरहेको छ । यो रकम खोज्नका लागि बैंकका क्रेडिट चिफ सुदिप कुमार दाहाललाई जिम्मा दिइएको बैंकले जनाएको छ । बैंकका सूचना अधिकारी हिमलाल पौडेलले हराएको भनिएको रकम खोज्नका लागि क्रेडिट चिफ दाहाललाई जिम्मा दिएको पुष्टि गरे । सूचना अभियान्ता अंगराज भारतीको खोज तथा अनुसन्धान पछि यो रकम हराएको पाइएको थियो ।

यसरी रकम हराउनमा संचालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत मिलेर गैरकानुनी रुपमा कर्जा प्रवाह गरेको हुनसक्ने जानकारहरुको भनाई छ । नेपाल राष्ट्र बैंकको सर्कुलर अनुसार संचालक समितिका सदस्यको लगानी रहेको संस्थामा लगानी गर्न पाइदैन । यसरी गरेको लगानी नेपाल राष्ट्र बैंकमा रिपोटिङ नगरेको हुनसक्ने बैंकरहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार