‘मिडिया र राजनीति’ सबैले पढनै पर्ने महत्वपूर्ण पुस्तक प्रकाशित

काठमाडौ । ‘मिडिया र राजनीति’ नामको अति महत्वपूर्ण पुस्तक नेपाली बजारमा आएको छ । जनपत्रकार सङ्गठन नेपालको विशेष प्रकाशनको रुपमा जनपत्रकार सङगठनले यो पुस्तक बजारमा ल्याएको हो ।
यो पुस्तकमा नेपाली राजनीतिको समिक्षा सहित विवेचना गरिएको छ । पुस्तकमा राजनीति र मिडिया के कसरी जोडिएको छ ? र राजनीतिसंग मिडियाको सम्वन्ध कस्तो हुन्छ ? भन्ने बारे सरल भाषामा विषयवस्तुहरु प्रस्तुत गरिएको छ ।
पुस्तक भित्रका विशेष पठनीय सामग्रीको रुपमा नेकपाका महासचिव विप्लवको ‘मिसन पत्रकारिताले जनतामा सुन्दर भविष्यको आशा गर्नुपर्छ’ शिर्षकको विशेष अन्तरवार्ता प्रकाशित छ ।
यस्तै पुस्तकमा रेडियो जनगणतन्त्रका ती दिन शिर्षकको नेकपाका स्थायी समिति सदस्य अनिल शर्माको लेख प्रकाशित छ ।
पुस्तकमा वर्तमान आर्थिक सङ्कट र मिडियाका वारे विवेचना गरिएको जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माको ‘आर्थिक सङ्कटले खुम्चिएको प्रेस स्वतन्त्रता र नागरिक अधिकार’ शिर्षकको महत्वपूर्ण लेख प्रकाशित छ ।
पुस्तकमा जनयुद्धकालमा सञ्चालन गरिएको सेति –महाकाली क्षेत्रको जनगणतन्त्र रेडियोमा काम गर्दाको अनुभूतिवारे जनपत्रकार सङ्गठन नेपालका सचिव वसन्त विकले लेखेको ‘जनयुद्धले जन्माएको जनगणतन्त्र रेडियो र मेरो अनुभूति’ शिर्षकको संस्मरण लेख प्रकाशित छ ।
यसले जनयुद्धमा रेडियो कसरी चलेको थियो ? भन्ने वारे बुझन सजिलो पारेको छ । यस्तै पुस्तकमा सङ्गठनका कोषाध्यक्ष दिपेश विष्टको सामाजिक सञ्जाल र पत्रकारिता,सचिवालय सदस्य रनसुर महताराको नेपालमा डिटिजल पत्रकारिता, शोभराज बरालको सूचनाको हल र यसको प्रयोग,कर्ण विश्वकर्माको स्टुडियो बाटै पक्राउ शिर्षकका लेखहरु राखिएका छन ।
पुस्तकमा विशेष गरेर अधिवक्ता कपिलचन्द्र पोखरेलको ‘पत्रकारिता र कानुन’ शिर्षकको महत्वपूर्ण सामग्री छापिएको छ । यसले पत्रकारिता भित्रको कानुनी कुरा बुझन धेरै मद्दत गर्ने आसा गरिएको छ ।
यस्तै पुस्तकमा सचिवालय सदस्य साहस भट्टको पत्रकारको पलायनता र यसको समाधान, धिरज प्रपालाको सुदूर पश्चिम प्रदेशमा आमसञ्चारको विकास र अवस्था, हेमन्त प्रकाश ओलीको सङ्गठनको आगामी कार्यभार,सुमन श्रेष्ठको जीवन एक सङ्घर्ष,मेरो आफ्नै भोगाइ शिषर्कका लेखहरु प्रकाशित छन । पुस्तकमा लेखक तथा वरिष्ठ बामपन्थी नेता नारायण शर्माको ‘जनयुद्धकालीन जनादेश साप्ताहिकमा काम गर्दाका अनुभूति’ शिर्षकको सामग्री छापिएको छ ।
पुस्तकमा लेखक खेमथपलियाको पत्रकार,पत्रकारिता र समाजवाद शिर्षकको महत्वपूर्ण लेख समावेश छ । यस्तै साहित्यकार अशोक सुवेदीको नेपालको साहित्यिक बैचारिक पत्रकारिताः सरसर्ती अध्ययन शिर्षकको सामग्री छ । पुस्तकमा चंकी श्रेष्ठको नेपाली आमसञ्चारमा भाषिक त्रुटि, कुबेर चालिसेको आर्थिक पत्रकारिताः देशको स्तर देखाउने खवर शिर्षकको लेखहरु प्रकाशित छ ।
यो पुस्तकमा राजनीतिक,आर्थिक,साहित्यक लगायतका विभिन्न विद्यागत सामग्रीहरु समावेश हुनु नै यसको विशेषपना हो ।
पुस्तकको अन्तमा जनपत्रकार सङ्गठन नेपालका सचिवालय सदस्य तथा हालै निधन भएका वरिष्ठ पत्रकार सुदर्शराज पाण्डेको लेख र उनको निधनपछि पत्रकार वसन्त विकले लेखेको संस्मरण प्रकाशित छ ।
जनपत्रकार सङ्गठन नेपाल प्रकाशक रहेको यो पुस्तक १७६ पेजको रहेको छ भने यसको व्यक्तिगत मुल्य रु २५० र संस्थागत मुल्य रु १००० रहेको छ । पुस्तक अनिवार्य सबैले पढन लायक भएकाले जनपत्रकार सङ्गठन नेपालसंग सम्पर्क गरेर पुस्तक प्राप्त गर्न सकिने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार