अत्यन्तै डरलाग्दो दुखद घटना नेपाली चेलीको ब्याङ्गलोरमा हत्या

भारत । भारतको ब्याङ्गलोरको निल बङ्लामा कैलाली टिकापुरकी लगभग २८- २९ वर्षीय महालक्ष्मीको रहस्यमय हत्या गरि उनको शरीरको ३० टुक्रा पारेर शरीर का अंग भंग फ्रीजमा संकलन गरी राखिएको अवस्थामा भेटिएको छ ।

उनले करिब ४ बर्ष पहिला भारतको कलकत्ताका एकजना बङ्गाली केटासँग विवाह गरेर सँगै बस्दै आएको र एउटा बच्चा पनि जन्माएको जानकारी बेंगलोर सूत्र ले दिएका छन ।

आन्तरिक वा शारिरिक रूपमा दुवैको विवाद अथवा मन नमिलेपछि छुट्टा छुटै बस्दै आएका थिए र महालक्ष्मीले कोठा भाडामा लिएर बाहीर कतै काम गर्न जान्थिन ! उनको सहजिकरणका लागि एकजना स्थानीय युवकले उनलाई सवारी साधनमा कोठा देखी काम गर्ने स्थान सम्म पुर्याउने र ल्याउने कामय गर्थ्यो । करीब १५ दिनसम्म महालक्ष्मी बेपत्ता भएपछि स्थानीय र चीनजानकाले उनलाई खोज तलास गर्दा उनको शव उनकै घरको फ्रिजमा ३० टुक्रा पारेर राखिएको अवस्थामा फेला पर्यो। यस हत्या को छानबीन चलिरहेको र दोषी स्थानीय पुलिस प्रशासन ले भारतीय मीडियामा जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार