‘छक्कापञ्जा ५’को ‘ब्रेकअप सङ’ सार्बजानिक, टिमप्रति दर्शकको क्रेज घट्दै

छक्कापञ्जा टिमले ४ वटा फिल्म राम्रै बनायो, टिमले मनग्य कमायो पनि। छक्कापञ्जा टिमले बानाएको फिल्ममा पैसा खेर जादैन भन्ने कौतुहलता अझै दर्शकमा छ। केहि समय अगाडी निर्माण टिमले ‘बिहे भाको छैन, कुमारी नि होइन’ भन्ने गीत सार्बजनिक गर्यो, तर जतीको क्रेज दर्शकमा थियो, सोचेअनुसारको प्रतिक्रिया पाएनन।

असोज २ गते ‘छक्कापञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप सङ’ रिलिज भयो । गीतको भिडियोमा मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा सिवाकोटी, केदार घिमिरे छन् । बाबुल गिरीको शब्द, संगीत, एरेन्जमा उनकै स्वरमा तयार पारिएको गीत हो। ‘छक्कापञ्जा ५ को गीतमा सुरवीर पण्डित(दारी बा) र रामेश्वर केसी पनि छन् । भिडियो कथामा दीपक र माग्ने बूढा ब्रेकअप अंकित सुटमा देखिएका छन् ।

असोज २४ गते फूलपाती देखि प्रदर्शन हुने यो फिल्मले हाल सम्म दुई वटा गीत सार्बजानिक गरिसकेको छ। गीतमा प्रेमी-प्रेमिका बीचको आक्रोशलाई चरित्रण गरिएको छ । यस फिल्ममा फिल्ममा डिओपी हरि हुमागाइँले गरेका छन् भने उत्तम हुमागाइँको छायांकन रहेको छ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिजले राम्रै सफलता कमाएको थियो । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा ५ मा दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा सिवाकोटी, केदार घिमिरे, आर्यन सिग्देल, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय छ । चर्चित कलाकार देखि नयाँ कलाकार सम्मको अभिनयमा तयार पारिएको फिल्महरु असोज २४, घटस्थापनाबाट लाग्दै छ।

जितु नेपाललाई पनि डर छदै छ कतै फिल्म नचल्ला कि भन्ने! उनी पनि अनेकौ उपाय रच्दै छन्। गत बुधबार मात्रै गीत रिलिज गर्दै उनले भने, ‘यो फिल्म तिहारमा गर्ने भन्ने एक प्रकारको कुरा थियो। तिहारमा फेरि हिन्दी फिल्म २ वटा अनि फेरि नेपाली फिल्म पनि २ वटा भएपछि चार वटा फिल्म हुने भयो, त्यसपछि करण श्रेष्ठजीले यो फिल्मको वितरणको जिम्मा लिनुभएको छ। उहाँहरूसँग बस्दाखेरि यो फिल्म अहिलेको दसैंमा नलाग्ने भएदेखि फागुनतिर जाने भयो। तर, फागुनमा पनि अर्को फिल्मसँग जोडिने भयो।’

‘छक्का पञ्जा ५’ यो पटक दुई नेपालि फिल्म संगै प्रदर्शनमा आउदै छन्। एक बर्ष अघि नै दसैंमा प्रदर्शन गर्ने भनिएको दीपक-दीपाको फिल्मका अलावा जितु नेपालको ‘ज्वाइँ साब’र ‘१२ गाउँ’ पनि छ।
‘छक्का पन्जा-४’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको थियो। प्रदर्शन भएको २४ दिन बितिसक्दा फिल्मले १५ करोडभन्दा माथिको व्यापार गरिसकेको थियो। हेमराज बिसी निर्देशित फिल्मको २४ दिन पुगेको खुसीमा अभिनेता दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् व्यक्त पनि गरे। उनले फिल्म हिट हुन कुनै चाडबाडकै समय रिलिज मिति पर्खनुपर्ने कुरा गलत साबित भएको आशय व्यक्त गरेका थिए।

अघिल्ला फिल्ममा गीत रिलिज हुनेबित्तिकै राम्रो प्रतिक्रिया पाउने दीपक-दीपा टोलिले यस पटक भने राम्रो प्रतिक्रिया पाईरहेका छैनन्। अघिल्ला फिल्ममा खासै प्रतिस्पर्धी फिल्म नभएपनि यस पटक भने जितु नेपाल उर्फ ‘मुन्द्रे’ को फिल्म ‘ज्वाइँ साब’ ले दीपक-दीपामा र दीपक-दीपाको छक्का पन्जा-५ लाई पनि जितुको फिल्मको झस्का त् पक्कै छ।

‘न कुनै चाड न कुनै बिदा। तैपनि दर्शकहरूले एक रफ्तारमा चलचित्र हेरि रहनु भएको छ! विदेशमा त झन् हामीले कहिले नपाएको माया प्राप्त गरिरहेका छौं! हरेक उमेर समूह, हरेक पेसाकर्मीहरूको र हरेक प्रकारको दर्शकको माया प्राप्त भइरहेको छ,’ उनले लेखेका थिए। असोज २४ गते फूलपातीको दिन देखि यो फिल्मसङै दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा आउँदैछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार