शिक्षामन्त्री विद्या भट्टराई: ‘विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौं’

२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन छिट्टै पारित गर्ने बताएकी छन् ।

असोज दुई गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रीले ऐन सक्दो छिटो पारित गर्ने तयारी रहेको बताएकी हुन् । उनले शिक्षकलाई त्रैमासिकको सट्टा मासिक रुपमा पारिश्रमिक प्रदान गर्न स्थानीय तहहरुलाई अनुरोध गरेकी छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले भनिन्, ‘हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेका छौँ । यसैगरी शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई आजको दिनमा हार्दिक अनुरोध गर्न चाहन्छौं’।

विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने र रैथाने, पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्ने जानकारी दीइन। स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा शुरु गर्ने योजना बनाएको बताईन ।

शिक्षा क्षेत्रको आवश्यकतालाई मूल मन्त्र ठानी देशमा सञ्चालित आधारभूत र माध्यमिक विद्यालय, निजी तथा सामुदायिक, गुठी, गुरुकुल, गुम्बालाई व्यवस्थित र सामयिक बनाउदै लैजाने मन्त्री भट्टराईले उक्त कार्यक्रममा बताइन् ।

मन्त्रि भट्टराईका अनुसार हाल सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायी १८ हजार ३७६, राहत दरबन्दीमा ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ शिक्षक रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार