बिहारमा बच्चा भर्नाको विषयमा गोली चल्यो

बिहारको सासाराममा एक सरकारी विद्यालयमा बच्चा भर्नाको विषयमा विवाद भएपछि गोली हानाहान भएको छ ।

बिहारको सासाराममा एउटा अचम्मको घटना बाहिर आएको छ । सरकारी विद्यालयमा बालबालिका भर्नाको विषयमा विवाद हुँदा गोली हानाहान भएको छ । घटना मुफसिल थाना क्षेत्रको अहराओन गाउँमा भएको हो जहाँ प्राथमिक विद्यालय नजिकै गोली हानाहान भएको थियो।

प्रहरीले गोली चलाएको स्थानबाट तीनवटा देशी पेस्तोल, एक थान देशी राइफल र एक थान गोली बरामद गरेको बताइएको छ।

प्रहरीले गोली चलाउने अभियुक्त पहिचान गर्न सकको छैन । रविकुमार नामका व्यक्ति छोरा भर्ना गराउन विद्यालय आएका थिए तर बालकको उमेरलाई लिएर विद्यालयका प्रधानाध्यापक र बालकका बुवाबीच विवाद भएको बताइएको छ ।

विवाद चर्किएर गोली चलाउन थालेपछि त्यहाँ अराजक अवस्था सिर्जना भएको थियो । गोली चलाउने व्यक्तिको पहिचानका लागि अनुसन्धान भईरहेको भारतीय संचार माध्यमले जनाएको छ। प्रहरीले अनुसन्धान थालेपछि विद्यालय परिसरमा राखिएको बोरामा कैयौँ हतियार फेला परेको थियो, यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार