मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचन

काठमाडौँ । सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक आइतबार बसेको थियो। सात प्रदेशका विभिन्न स्थानीय तहका ३९ स्थानमा रिक्त पदका लागि निर्वाचन गर्न लागेको हो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखका लागि पनि उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन आयोगले आजै आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा काठमाडौंको किर्तिपुर नगरपालिकाको प्रमुख पद रिक्त छ, रिक्त रहेका सबै स्थानमा निर्वाचनका लागि प्रस्ताव गरिएको थियो ।

प्रधानमन्त्रीले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार