फिल्म प्रमोसनमा अनेक उपाय रच्दै दीपक-दीपा

आउने असोज २४ गते बाट तीन वटा नेपाली फिल्महरू प्रदर्शनमा आउदै छन्। चर्चित कलाकार देखि नयाँ कलाकार सम्मको अभिनयमा तयार पारिएको फिल्महरु असोज २४, घटस्थापनाबाट लाग्दै छ। एक बर्ष अघि नै दसैंमा प्रदर्शन गर्ने भनिएको दीपक-दीपाको फिल्मका अलावा जितु नेपालको ‘ज्वाइँ साब’र ‘१२ गाउँ’ पनि छ।

जितु नेपाललाई पनि डर छदै छ कतै फिल्म नचल्ला कि भन्ने! उनी पनि अनेकौ उपाय रच्दै छन्। गत बुधबार मात्रै गीत रिलिज गर्दै उनले भने, ‘यो फिल्म तिहारमा गर्ने भन्ने एक प्रकारको कुरा थियो। तिहारमा फेरि हिन्दी फिल्म २ वटा अनि फेरि नेपाली फिल्म पनि २ वटा भएपछि चार वटा फिल्म हुने भयो, त्यसपछि करण श्रेष्ठजीले यो फिल्मको वितरणको जिम्मा लिनुभएको छ। उहाँहरूसँग बस्दाखेरि यो फिल्म अहिलेको दसैंमा नलाग्ने भएदेखि फागुनतिर जाने भयो। तर, फागुनमा पनि अर्को फिल्मसँग जोडिने भयो।’

यसो हेर्दा उनले आफ्नो इगोमा अरुलाई पनि मुसेर घान हालेको देखिन्छ। ‘ज्वाइँ साब’ मा जितु नेपाल, वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायत कलाकारहरूको अभिनय छ।

जितु नेपालले ‘ज्वाइँ साब’ को प्रमोसनल कार्यक्रममा भने ‘१२ गाउँ’ आउँछ भन्ने कुरा नभएको र छक्का पञ्जा दसैंमा आएपछि त्योसँगै प्रदर्शनमा आउनुपर्ने बाध्यता छ’ र, ‘छक्का पञ्जासँगै आउने भएदेखि एउटा अप्सन छ। दुईवटासँगै आउने भएदेखि च्वाइस पनि हुन्छ, यो तपाईंको इच्छा है भन्या हो।’

अब दर्शकको ध्यान खिच्न दिपकलाई साइत पनि यसै बेला जुर्यो। दीपक-दीपाको लगानीमा बनेको क्युएफएक्स हलको बार्षिकोत्सब पनि ठ्याक्कै फिल्म रिलिज हुने बेलामा नै परेको छ। आज दीपकले एक स्ट्याटस लेख्दै भने, ‘आइएनआई सिनेमा हल(बानेश्वर) बार्षिक उत्सवको उपलक्षमा भोलि शनिबार छक्का पन्जा ४ निःशुल्क प्रदर्शन हूदैछ ! टिकटका लागि काउन्टरमा पाल्नु होला ..’। छक्का पन्जा ४ सम्म राम्रै आम्दानि गरेका दीपक-दीपाले यस पटक भने जितुको ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ संग भिड्नुपर्ने भएको छ।

‘छक्का पन्जा-४’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको थियो। प्रदर्शन भएको २४ दिन बितिसक्दा फिल्मले १५ करोडभन्दा माथिको व्यापार गरिसकेको थियो। हेमराज बिसी निर्देशित फिल्मको २४ दिन पुगेको खुसीमा अभिनेता दीपकराज गिरीले फेसबुक पोस्टमार्फत् व्यक्त पनि गरे। उनले फिल्म हिट हुन कुनै चाडबाडकै समय रिलिज मिति पर्खनुपर्ने कुरा गलत साबित भएको आशय व्यक्त गरेका थिए।

‘न कुनै चाड न कुनै बिदा। तैपनि दर्शकहरूले एक रफ्तारमा चलचित्र हेरि रहनु भएको छ! विदेशमा त झन् हामीले कहिले नपाएको माया प्राप्त गरिरहेका छौं! हरेक उमेर समूह, हरेक पेसाकर्मीहरूको र हरेक प्रकारको दर्शकको माया प्राप्त भइरहेको छ,’ उनले लेखेका थिए।

‘छक्का पन्जा-४ मा समसामयिक राजनीतिक विषयवस्तु समावेश गरिएको थियो र प्रमोसनल गीतले पनि आक्रामक भ्युज पाएको थियो। दीपक-दीपासंगै फिल्ममा बेनीशा हमाल, केदार घिमिरे, बुद्धि तामाङ राज आचार्य लगायतका कलाकारको मुख्य अभिनय थियो। फिल्मले राम्रै आम्दानी गरेको थियो। तर दीपक-दीपाको एकाधिकार झैँ सम्जिएको ब्यबहारले यो पटक फिल्मले खासै राम्रो चर्चा पाईरहेको छैन। सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । तर चर्चा राम्रो छैन।

अघिल्ला फिल्ममा गीत रिलिज हुनेबित्तिकै राम्रो प्रतिक्रिया पाउने दीपक-दीपा टोलिले यस पटक भने राम्रो प्रतिक्रिया पाईरहेका छैनन्। अघिल्ला फिल्ममा खासै प्रतिस्पर्धी फिल्म नभएपनि यस पटक भने जितु नेपाल उर्फ ‘मुन्द्रे’ को फिल्म ‘ज्वाइँ साब’ ले दीपक-दीपामा र दीपक-दीपाको छक्का पन्जा-५ लाई पनि जितुको फिल्मको झस्का त् पक्कै छ।

उनले कमेन्टमा लेखे,’आई. एन. आई. सिनेमा बानेश्वर खुलेको १ बर्ष पुगेका उपलक्ष्यमा भोलि छक्का पञ्जा ४ फ्रि मा। ११ बजे ,२:३० र ५:३० बजे। शुक्रबार देखि आइतबार सम्म अन्य फिल्महरु हेर्दा पपकर्ण फ्रि। साथै लक्की ड्र मा सहभागी भइ ५० जनाले आकर्षक पुरस्कार जित्ने मौका।’

छक्का पञ्जा ४ को प्रसङ्ग सम्जाएर दर्शक तान्ने उपाय रच्दै त छैनन् दीपक-दीपा?

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार