जब ‘छक्का पञ्जा ५’ लाई पछार्न ‘ज्वाइँ साब’ जुधाउनु भएको हो? भन्ने प्रश्न जितु नेपाललाई आइलाग्यो

काठमाडौं : असोज २४ गते बाट तीन वटा नेपाली जबर्जस्त मानिएका कलाकारहरुको फिल्महरू प्रदर्शनमा आउदै छन्।
बर्षौ अघि नै दसैंमा प्रदर्शन गर्ने भनिएको दीपक-दीपाको फिल्मका अलावा जितु नेपालको ‘ज्वाइँ साब’र ‘१२ गाउँ’ पनि छ।

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा रहेको फिल्म ‘१२ गाउँ’को नयाँ पोस्टर सार्वजनिकभएपनि खासै चर्चा पाएको छैन । भाद्र २६ गते सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु विराज र समीरका अलावा न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्का लगायतका प्रस्तुत छन् । फिल्ममा मुरलीधर, कनिज कोइराला, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

यतिबेला फिल्म ‘१२ गाउँ’को भन्दा पनि दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनित फिल्म ‘ज्वाइँ साब’को चर्चा बढि छ। छक्का पञ्जाकै टिमबाट निकालिएका जितु नेपालको ‘ज्वाइँ साब’ टिमले ‘छक्का पञ्जा ५’सँग फिल्म जुधाएपछि चर्चाको विषय बनेको हो। फिल्म ‘ज्वाइँ साब’ मा विजय बस्याल कार्यकारी निर्माता, मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ भने राजकुमार पण्डितको प्रस्तुतिमा फिल्म तयार भएको हो।

वसन्त निरौलाले निर्देशित फिल्ममा गीत ‘कसम बत्ती’को सार्वजनिक कार्यक्रममा दसैं तिहार कसैको पेवा नभएको र कसैको फिल्मसँग आफूहरूले नजुधाएको बताए। हलभित्र आक्रोशित बनेको घर ज्वाई टिमले बाहिर आफुहरु दीपकराज गिरीसँग कुनै इगो नभएको बताएका छन्।

‘अस्ति हामी दिनेश डिसी बोर्ड अध्यक्ष हुँदा भेट भो,’ उनले भने, ‘तर, मिडियामा यो आइरहेको छ कि, जितु र दीपकको इगोको कारण, त्यो ग्रुपमा नरहेको कारणले यो फिल्म जुधायो भन्ने डिफिनेट्ली त्यो होइन।’
जितु नेपालले तिहारमा प्रदर्शन गर्न छलफल भएको थियो तर चार फिल्म हिन्दी सहित प्रदर्शनमा आउने भएपछि निर्माता, वितरकसँगको छलफलमा दसैंको फूलपाती रोजिएको बताए।

उनले भने, ‘यो फिल्म तिहारमा गर्ने भन्ने एक प्रकारको कुरा थियो। तिहारमा फेरि हिन्दी फिल्म २ वटा अनि फेरि नेपाली फिल्म पनि २ वटा भएपछि चार वटा फिल्म हुने भयो, त्यसपछि करण श्रेष्ठजीले यो फिल्मको वितरणको जिम्मा लिनुभएको छ। उहाँहरूसँग बस्दाखेरि यो फिल्म अहिलेको दसैंमा नलाग्ने भएदेखि फागुनतिर जाने भयो। तर, फागुनमा पनि अर्को फिल्मसँग जोडिने भयो।’

उनले फिल्म ‘१२ गाउँ’ आउँछ भन्ने कुरा नभएको र छक्का पञ्जा दसैंमा आएपछि त्योसँगै प्रदर्शनमा आउनुपर्ने बाध्यता रहेको बताए। जितुले थपे, ‘छक्का पञ्जासँगै आउने भएदेखि एउटा अप्सन छ। दुईवटासँगै आउने भएदेखि च्वाइस पनि हुन्छ, यो तपाईंको इच्छा है भन्या हो।’

‘यो मितिमा फिल्म लगाउनुपर्छ भनेर मैले साइन त गरेको छैन। यो फिल्ममा मैले निर्देशकले भनेर काम गर्छु भनेर साइन गरेको छु। अब लगाउँछु भन्ने विषय उहाँहरूको हो। यो फिल्म प्रदर्शन उहाँहरूले गरेको हो, पत्रकारको जबाफ दिँदै जितुले भने, जितुको इगोको कारणले जुध्न आयो, दीपकहरूलाई पछार्न खोज्यो। यि यस्ता आएका छन्। यो कदापि होइन।’

‘ज्वाइँ साब’ मा जितु नेपाल, वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायत कलाकारहरूको अभिनय छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार