राजीव गान्धी स्वर्ण पदकबाट सम्मानित एएसजी आइ केयरको फोहर उठाउन रोक

काठमाडौँ महानगरको टोली सरक्क अनुगमनमा निस्कियो, काम-कार्य हेर्यो, नीति नियम अनुसार छ भने फर्कियो नत्र सचेत गराउदै हिड्यो। सोझो तरिकाले अस्पतालले नमाने पछि फोहर उठाउन रोक लगायो। अब प्रश्न उठ्छ, फोहर ब्यबस्थापन गर्न हेलचेक्राई गर्नी अस्पतालले कसरी गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह हुन्छ?

एएसजी आइ केयर आँखा अस्पताल भारतमा सुपर स्पेशलिटी आँखा अस्पतालहरूको एक प्रमुख श्रृंखला हो। २००५ मा डा. अरुण सिंघवी र डा. शिल्पी गङ्ग द्वारा स्थापित, दुबै प्रतिष्ठित अखिल भारतीय चिकित्सा विज्ञान संस्थान, नयाँ दिल्लीका सम्मानित पूर्व छात्र, एएसजी आइ केयर ले डिसेम्बर 2005 मा जोधपुरमा आफ्नो पहिलो अस्पताल स्थापना गरेर आफ्नो यात्रा सुरु गरेको थियो।

नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयरको फोहर उठाउन रोक लगायो । महानगरपालिकाले गरेको अनुगमनका क्रममा दुई स्वास्थ्य संस्थाले नै संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएको थियो।

त्यस लगत्तै फोहर उठाउन रोक लगाइएको थियो ।दुवै स्वास्थ्य संस्थामा रङ्ग संकेतअनुसार जोखिमपूर्ण फोहर राख्ने छुट्टै बिन राखिएको थिएन । एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको भेटेपछि महानगरले कारबाही अगाडी बढाएको हो। यसरी बनाइएको पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राख्ने गरेको रहेछ ।

एएसजी आइ केयर आँखा हेरचाह सेवाहरूमा 18 वर्षको अनुभव रहेछ। एएसजी आइ केयर छोटो समयमा भारतको सबैभन्दा राम्रो आँखा अस्पतालको रूपमा उभियो तर नेपालमा भने फोहर ब्यबस्थापन गर्न सकेन।

बिरामी-पहिलो दृष्टिकोणको साथ, उच्च प्रशिक्षित डाक्टरहरू र चिकित्सा कर्मचारीहरूको समर्पित टोली एक उपचार स्पर्शको साथ उत्कृष्ट आँखा हेरचाह अनुभव सुनिश्चित गर्न प्रयास गर्ने यसको उद्देश्य हो।

अस्पतालले स्वास्थ्य सेवामा उत्कृष्टताको मान्यतामा धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको भएपनि नेपालमा महानगरले कारबाही गर्नु परेको थियो।

स्वास्थ्य संस्थाहरुले स्रोतमा फोहर वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अधिकांशमा देखिने कमजोरी हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार