सुत्केरी आमाहरुका लागी हेली एम्बुलेन्सको माग राख्दै आमरण अन्सन

भाद्र २४, काठमाडौं । तेह्रथुम जिल्ला घर बताउने “दीपक सिवाल” रत्नपार्कको शान्तिबाटीकामा आमरण अनसन बसेका छन । उनको माग नेपालका दुर्गम जिल्लाहरुमा हेलि एम्बुलेन्सको व्यवस्था हुनुपर्ने उनको माग छ ।

विकट क्षेत्रमा प्रवस पीडाले छटपट्टीनु भएका सुत्केरी आमा, दीदीबहीनीहरु र ज्यान जोखिममा रहनु भएकाहरुको आपतकालिन उद्धार गर्नका लागी राज्यले  कम्तीमा दुई वटा एम्बुलेन्स हेलिक्प्टरको व्याबस्था गरियोस भन्ने उनको आमरण अनसनको मुख्य उदेश्य हो ।

उनी ” विगत १२ वर्ष देखि समाज सेवामा लागेको र साढे ६ वर्ष देखि सुत्केरी महीलाको उद्धारको लागी खटेको उनी बताउछन । आफ्नो पहलमा ३ वटा रेस्क्यु गरि सके पछी मात्र राष्ट्रपती महीला उत्थान कार्यक्रम संचालन भएको उनले दावी गरेका छन । अहीले राष्ट्रपती महीला उत्थान कार्यक्रम संचालनमा आएपनी अहीले सेनाको हेलीबाट उद्धार भएको र सरकारसंग हेली एम्बुलेन्सकै रुपमा नभएकाले उद्धारमा समस्या आएको र धेरैको उद्धारमा ढीलासुस्ती भएको र ज्यान समेत गएकोले हेली एम्बुलेन्सको आवश्यक्त्ता भएको उनले भनेका छन ” ।

सरकार र सरोकारवाला निकायको ध्यान केन्द्रीत हुन आवश्यक रहेको उनले ( विश्व दृष्टिकोण )लाई बताएका हुन । उनी २० गते देखि अन्सनमा छन, अनसनमा बसेको आज ४ दीन भैसकेको छ , उनी विगतमा पनी थुपै महीलाहरुको उद्धार गरेको उनी बताउ छन ।

सरकारका कुनैपनी जिम्मेवार मानीस नआएको गुनासो समेत गरेका छन । उनले ब्यानरमा लेखेका छन  “दुर्गमका गरिब र दु:खीलाई आपतकालीन हेली उद्धार गर्न राज्यले २ वटा हेलिकप्टरको ब्यवस्था गर्न सक्दैन भने म राज्यका गरिब दु:खीको लागी आफ्नो शरिरको सम्पुर्ण अंग दान गरेर अरु १० जनालाई नयाँ जिवन दीएर आफु हासिखुसि मृत्युको सैयामा जान तयार छु । तसर्थ यसको व्याबस्था गरियोस सरकार”। दीपक सिलवाल

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार