न्युन बोनस छुट्याउनेमा माछापुच्छ्रे, कम बोनस दिनेमा एनआईसी एसिया बैंक

राष्ट्र बैंकले नियम अनुसार प्रत्येक बैंकले आफ्ना कर्मचारीहरुको लागि कुल नाफाको दश प्रतिशत रकम बोनसको लागि छुट्याउनुपर्ने हुन्छ।

काठमाडौँ ।  बैंकमा कर्मचारी झुम्मिनुको कारण हो बैकिङ्ग बोनस। बैंकमा तनाब बढी हुने र तलब पनि समयमै आउने भएकाले कमर्स पढेका बिधार्थीको रोजाई प्राय: बैकिङ्ग क्षेत्र मै हुने गर्छ। नेपालमा मर्जर पश्चात २० वटा बाणिज्य बैंक छन्।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मर्ज गर्न निर्देशन दिएपछि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ मर्ज भएको थियो। त्यस्तै प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक गाभिएको थियो। पुँजीको हिसाबले ग्लोबल आईएमई बैंक सबै भन्दा ठुलो बैंक हो।

अघिल्लो बर्ष कोरोनाले गर्दा बैंकले बोनस बितरण गरेको थिएन तर हाल अर्थतन्त्रमा समस्या आएको भएपनि बाणिज्य बैंकहरुले राम्रै बोनस बितरण गरेको आंकलन गर्न सकिन्छ। राष्ट्र बैंकले नियम अनुसार प्रत्येक बैंकले आफ्ना कर्मचारीहरुको लागि कुल नाफाको दश प्रतिशत रकम बोनसको लागि छुट्याउनुपर्ने हुन्छ।

कुन बैंकले कति बोनस दिने?

स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो बर्ष बाऊन्न करोड रुपैया बोनस बापत छुट्याउनु पर्ने प्रकाशित रिपोर्ट अनुसार देखिन्छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ४९६ जना कर्मचारी छन्। झट्ट हेर्दा प्रति कर्मचारी १० लाख भन्दा बढि बोनस पर्ने देखिन्छ। आर्थिक बर्ष २०८१/८२ मा सबै भन्दा बढि बोनस दिने बैंकको रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंक बन्ने देखिन्छ।

त्यस्तै एभरेष्ट बैंक लिमिटेडले ६२ करोड भन्दा बढी नाफाबाट कर्मचारीलाई बोनस प्रदान गर्नुपर्ने हुन्छ। एभरेष्ट बैंकमा कुल १३१५ कर्मचारी छन्।यस बैंकले यो बर्ष प्रति कर्मचारी ४ लाख ४३ हजार बोनस प्रदान गर्ने देखिन्छ।

नबिल बैंकले १ अर्ब रुपैया बोनस दिनुपर्ने हुन्छ। यस बैंकमा कुल ३ अर्ब ६७ करोड कर्मचारी खर्च देखिन्छ। नबिल बैंकले प्रति व्यक्ति ४ लाख ३८ हजार बोनस दिने देखिन्छ, यस बैंकमा २४८० जना कर्मचारी कार्यरत छन्। नबिल बैंक सबै भन्दा बढी नाफा कमाउने बैंकको रुपमा देखिन्छ तर कर्मचारी संख्याले गर्दा प्रति व्यती बोनस कम भएको देखिन्छ। नबिल बैंक सबै भन्दा बढी बोनस दिने तेस्रो बैंक हो।

त्यस्तै प्राईम कमर्सियल बैंकले ६० करोड बराबरको रकम बोनसको लागि छुट्याउनुपर्ने हुन्छ। यस बैंकमा १७९३ जना कर्मचारी कार्यरत छन्। प्रत्येक कर्मचारीले ३ लाख भन्दा माथि बोनस प्राप्त गर्ने देखिन्छ। राष्ट्र बैंकको नियम अनुसार बितरण गर्नुपर्ने बोनस बैंकले बितरण गरे बढी बोनस दिनेमा चौथो प्राईम कमर्सियल बैंक हुनेछ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंकले प्रति कर्मचारी २ लाख भन्दा बढी बोनस प्राप्त गर्न सक्ने एभ्रेजिंग गरिएको छ ।

बाणिज्य बैंक मध्ये सबै भन्दा बढी कर्मचारी प्रभु बैंकमा छन्, सेन्चुरी बैंक गाभिएपछि हाल ४४२२ कर्मचारी कार्यरत छन्। त्यसपछि दोस्रोमा ग्लोबल आईएमई बैंक छ जसमा ४२३६ कर्मचारी कार्यरत छन्।
आर्थिक प्रतिबेदन र नेपाल राष्ट्र बैंकको नियम अनुसार प्रत्येक बैंकले नाफाको १० प्रतिशत रकम कर्मचारीको लागि छुट्याउनुपर्ने हुन्छ।

त्यस्तै प्रभु बैंक, हिमालयन बैंक, एनएमबि बैंक, सिटिजेन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक र नेपाल बैंकले १ लाख भन्दा बढी बोनस कर्मचारीलाई छुट्याएको देखिन्छ।

अर्थिक बर्ष २०८१/८२ मा एनआईसी एसिया बैंकले सबै भन्दा कम रकम बोनस बितरण गर्ने देखिन्छ। यो बर्ष बैंकले २१ करोड मात्रै नाफा गरेको देखिन्छ, नाफा घटे संगै कर्मचारीको बोनस रकम पनि घटेको छ। एनआईसी एसिया बैंकले यो बर्ष ५४ हजार बराबर मात्र बोनस दिने देखिन्छ। अघिल्लो बर्ष डिसीइओको राजिनामाले हंगामा मच्चिएको कारणले गर्दा बैंकमा धेरै अवरोध आएको थियो।

आर्थिक बर्ष २०८१/८२ मा माछापुच्छ्रे बैंक र एनआईसी एसिया बैंकको सबैभन्दा कम बोनस देखिन्छ। एनआईसी एशिया बैंकबाट डेपुटी सीईओ सुधीरनाथ पाण्डेले राजिनामा दिएका थिए। राष्ट्र बैंकले पाण्डेका कैफियत देखाएपछि बैंकबाटै राजिनामा दिएका उनलाई फकाएर बैंकमै फर्काउन बैंकका तुलसीराम अग्रवाल लागी परेका थिए ।

उनको कैफियतले उनि जेल जानेसम्मको काम देखाएपछि जेल जाने डरले राजिनामा दिएका थिए तर सुधीरनाथलाई बैंकमै फर्काउन अध्यक्षको ढौड्धुप थियो । राष्ट्र बैंकको विशेष इन्सपेक्सन टोलीले बैंकमा १०० बढी कैफियत निकालिसकेको थियो र सुधीरनाथ पाण्डे जेल जाने सम्मकै काम भएको देखाएपछि उनले कुनै पनि हालतमा बैंक छोड्नेवालामा थिए । बैंकको आन्तरिक लफडाले गर्दा निक्षेप कर्ताले समेत आफ्नो रकम सुरक्षित गरिसकेका थिए।

तर माछापुच्छ्रे बैंकमा भने केहि लफडाको बिषय सार्बजनिक भएको छैन। यस बैंकमा जम्मा १५४२ कर्मचारी देखिन्छ। बाणिज्य बैंकमा सबै भन्दा थोरै बोनस खुवाउने बैंक मध्येको एक बनेको छ माछापुच्छ्रे बैंक। स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक पछि सबैभन्दा कम कर्मचारी भएको बाणिज्य बैंक हो माछापुच्छ्रे बैंक। सरासर हेर्दा माछापुच्छ्रे बैंक र एनआईसी एसिया बैंकको बोनस रकम बराबर देखिन्छ। तर एनआईसी एसियामा कर्मचारी संख्या बढी भएकाले एभ्रेजिंग गर्दा प्रति कर्मचारी कम बोनस परेको हो।

अर्थिक प्रतिबेदन २०८१/८२ अनुसार कम बोनस वितरण गर्ने बैंकको रुपमा माछापुच्छ्रे र एनआईसी एसिया बैंक छ।

बोनस नियम के छ? मुनाफा आर्जन गर्ने कम्पनीले कति प्रतिशत बोनस बाँड्नुपर्छ?

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार