को-को परे एनपीएलका ८ फ्रेन्चाइज फाइनलमा?

काठमाडौं । नेपाल प्रिमियर लिगले आठ फ्रेन्चाइज मालिकको टुंगो लगाएको छ र क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ।

काठमाडौंलाई कान्तिपुर पब्लिकेशनले, पोखरालाई पोखरा एभेन्जर्सले, चितवनलाई चितवन मेडिकल कलेजले, लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले फ्रेन्चाइज पाएका छन्।

काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा किनेको छ । नेपाल टी२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाखमा लिएको छ । चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको छ । फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा लिएको छ । एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक एक लाख बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार