सातामा २२.२१ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्दो

यो साता नेप्से २२.२१ अंकले ओरालो लागेको छ। काँग्रेस-एमाले समिकरणको सरकार आएसंगै हरियाली छाएको नेप्से घट्न थालेको हो।

२२ भदौ, काठमाडौँ । यो साता नेप्से २२.२१ अंकले ओरालो लागेको छ। काँग्रेस-एमाले समिकरणको सरकार आएसंगै हरियाली छाएको नेप्से घट्न थालेको हो। माओबादीको सरकार परिबर्तन भएसंगै बिष्णु पौडेल अर्थमन्त्री भएका थिए। एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल आठौं पटक मन्त्री भए। सरकार परिबर्तन संगै पाँचौं पटक अर्थ मन्त्रालयको जिम्मेवारी पाए।

उनी अर्थमन्त्री भएपछी कारोबार रकम उच्च भएको रेकर्ड यसै पटक छ। पौडेल पहिलो पटक २०७२ कात्तिकमा र दोस्रो पटक ०७७ असोजमा उनी अर्थ मन्त्री बने, तेस्रो पटक ०७८ जेठमा, चौथोपकट ०७९ पुसमा उप–प्रधानमन्त्रि सहित अर्थमन्त्री बनेका उनि हाल उपप्रधान सहित अर्थमन्त्री भए। यो पटक पूर्व अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेट पौडेलले कार्यान्वयन गर्दै छन् ।

अब हेरौ प्रतिदिनको घटबढ:

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५३.६३ अङ्कले घटेर २६९५.९३ को विन्दुमा अडिएको थियो । आइतबार १० अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो । साताको पहिलो कारोबारमा बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटेको थियो सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।

कुथेली बुकरी स्मल हाइड्रोपावरको ८.३, सामलिङ पावरको ५.८, अपरहेवाखोलाको ५.२ प्रतिशत बढ्यो। उता पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको थियो।

साताको दोस्रो कारोबारका दिन सोमबार आठ कारोबार दिनको करेक्सनपछि नेप्से परिसूचक १२७.३२ अंकले बढेर बन्द भएको थियो। सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको थियो।

२३९ कम्पनीको सेयर मूल्य बढ्यो। नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढेको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ६ दशमलव ९४ अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा पुग्यो। साताको तेस्रो दिन १३ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो ।

तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार बराबरको कारोबार भएको थियो। सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको थियो।

साताको चौथो दिन लगातार दुई दिन बढेको नेप्से बुधवार एकै दिनमा ९०. ७३ अङ्कले ओरालो लागेर २७३९.४६ मा बन्द भयो। कारोबार रकम पनि १२ अर्ब ९२ करोडमा खुम्चियो। बुधवारको कारोबारमा २२३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ३१ कम्पनीको बढ्यो। यस दिन बजारमा २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयरको खरिद बिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यसै गरी, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा पुग्यो। नेपाल स्टक एक्सचेन्ज(नेप्से) १२.१० अङ्कले घट्यो ।

साताको अन्तिम दिन नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार बजारमा २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर खरिद बिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भयो। बिहिबार आत्मनिर्भर लघुवित्त, युनिक नेपाल लघुवित्त, अप्पर हेवाखोला, गुडविल फाईनान्स लगायतको शेयर मूल्य १० प्रतिशतले बढ्यो। नेपाल फाइनान्स लिमिटेड, बिन्धबासीनी हाइड्रो, न्यादी हाइड्रो, मन्दाकिनी हाइड्रोका लगानी कर्ताहरूले सर्वाधिक गुमाए। सर्बाधिक घट्नेमा नेपाल फाइनान्सको शेयर (८.९१) र बिन्धबासीनी हाइड्रोपावरको (५.७७) प्रतिशत रह्यो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार