गठबन्धन सरकारले हटायो टिकटक प्रतिबन्ध

सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । टिकटक संगको सहमतिपछि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

काठमाडौं । सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।  लगभग साढे नौ महिनापछि प्रतिबन्ध हटाइएको हो। प्राधिकरणले भद्र २१ गते सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएर सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराएको हो। मन्त्रिपरिषदले टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।

टिकटकका प्रतिनिधिहरु बुधबार आएर सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताए पछि उक्त निर्णय गरिएको थियो।

सरकारले विभिन्न सर्तहरु राखेको थियो, टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग जस्ता काम टिकटकले गर्नुपर्ने छ ।

टिकटकले सरकारलाई २७ कात्तिक २०८० देखि नै प्रतिबन्ध फुकुवा गर्न निबेदन दिएको थियो। कांग्रेस–एमालेको समिकरणमा सरकार बनेपछि टिकटकको प्रतिबन्ध हटाईएको हो ।
मन्त्रिपरिषदले सर्त अनुसार काम गरेपछि टिकटक संग सहमति गरि प्राधिकरणलाई जानकारी गराएको थियो।

प्राधिकरणको निर्णय संगै इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटकमा आएको अवरोध हटाइसकेका छन्। अहिले सबैतिर चल्न थालिसकेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार