घट्यो नेप्से, ९ अर्बमा खुम्चियो कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) १२.१० अङ्कले घटेको छ ।

साताको अन्तिम दिन नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार बजारमा २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर खरिद बिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन आत्मनिर्भर लघुवित्त, युनिक नेपाल लघुवित्त, अप्पर हेवाखोला, गुडविल फाईनान्स लगायतको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने
नेपाल फाइनान्स लिमिटेड, बिन्धबासीनी हाइड्रो, न्यादी हाइड्रो, मन्दाकिनी हाइड्रोका लगानी कर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
सर्बाधिक घट्नेमा नेपाल फाइनान्सको शेयर (८.९१) र बिन्धबासीनी हाइड्रोपावरको (५.७७) प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार