पूजा-समिक्षा अहमभाव, ‘मैले दिदि माने तर यसरी पिडा नदिनुस् प्लिज’

काठमाडौं : भाद्र २१ बाट पुजा शर्माको फिल्म रावायण चल्दै छ। अहिले उनि प्रचारप्रसार कै काममा ब्यस्त छिन। फिल्म चलाउनका लागि विभिन्न हासी मजाक या रुदै भईरल गराउने काममा सेलिब्रिटीहरुलाई कसैले सिकाउनै पर्दैन।

झन् पुजा शर्माको त कुरै नगरौ! टिजर र ट्रेलरको बिषयमा बढी बोल्नुपर्ने बेलामा उनि पल शाहको इमेज सुधार्न मै ब्यस्त छिन। पूजा शर्मा र समिक्षा अधिकारीबीचको दुरीको कुरै नगरौ, ‘एन्टी” भन्दा पनि हुन्छ।

अब तिन दिन मात्रै बाकि छ, सेलिब्रिटी हुदा त खासै फरक नपर्ला तर ‘रामायण’ मा उनि निर्मात्री पनि हुन्। नायिका हुदा त फिल्म चलेपनि नचलेपनि आफ्नो पारिश्रमिक सुरक्षित नै हुन्थ्यो तर निर्मात्री नै भईसकेपछि फिल्म फ्लप भयो भने लगानी स्वाहा हुने कुरामा कुनै दुबिधा छैन।

पल शाह कानुनी रूपमा निर्दोष हुन्। तर, उनको मुद्दा सर्वोच्चमा ब्यूँतिइसकेको छ। तर उनलाई थाहै नभएको जसरी फिल्मको भन्दा पल शाहको व्याख्यानमा ब्यस्त छिन उनि।

यिनै बिषयलाई लिएर बारम्बार पूजाले तेइ कुरा निकालेपछि समिक्षा अधिकारी लेख्छिन:

‘अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!
सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ।
के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ।
त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र?
यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र?
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ”तिमि मेरो बहिनी” भनेर आउनुभयो, मैले दिदि भनें, माने। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार