ईभी गाडी : टायर फेरे सेन्सर नचल्ने, पानी पर्दा ब्रेक नै नलाग्ने

काठमाडौं । नाडा अटो शो गत भदाै ११ देखि भदाै १६ गतेसम्म चलेकाे थियाे । भद्र १६, आइतबार नाडा अटो शो २०२४ सम्पन्न भयाे । नाडा अटो शोमा ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेका थिए ।

शोमा नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरुको प्रदर्शन गरिएकाे थियाे । अवलाेकनकर्ताहरूकाे खास चासाे माेटरसाइल तथा स्कुटरमा देखिएकाे थियाे। पछिल्लो समय बिधुतिय गाडीको माग बढे पनि नेपालको बाटोमा तेती उपयुक्त देखिदैन। कहिले सेन्सरले काम नगर्नी, कहिँले ब्रेक नलाग्ने जस्ता समस्या बिधुतिय गाडिका छन्। विद्युतीय कार र स्कुटरका स्टलमा अवलाेकनकर्ताहरूकाे राम्रै उपस्थिति देखिन्थ्याे । कम्पनीहरुले अटो शो सकिएसँगै आफ्ना सवारी साधन प्रदर्शनका विषयमा जानकारी दिएका थिए । जसले पनि मेरै राम्रो भन्ने भएकाले अवलाेकनकर्तामा कसको बिस्वास गर्नु भनेझै नपर्ने कुरै भएन।

शाेमार्फत् ट्राइम्फको मोटरसाइकल १५० भन्दा बढी बुकिङ गरिएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात गरिरहेको छ । स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरिएकाे छ।

नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भयो । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि हो। कम्पनीका अनुसार बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ छन् । कम्पनीले अटो शोमा बीवाईडीले नयाँ गाडी सिलायन ७ र नयाँ भर्सनको एट्टो ३ तथा डल्फिन लगायतका गाडी प्रदर्शन गर्यो । त्यसैगरी बीवाईडीको ब्लेड ब्याट्री र बीवाईडीको ईभीका लागि छुट्टै आफ्नै प्लेटफर्म ई–प्लेटफर्म ३.० समेत प्रदर्शन गरेको थियो ।

केहि समय अगाडी देखि साइमेक्स इंकले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले कागजपत्रहरू नियन्त्रणमा लिई छानबिन जारी राख्दै आइरहेको छ। तर, बिडम्मना के छ भने, बीवाईडीका ती गाडीहरूको क्षमता मापन गर्ने उपकरण छैन। उपकरण नहुँदा राजस्व अनुसन्धान विभागको छानबिन प्रक्रियामा समेत समस्या परेको देखियो। प्राविधिकहरूका अनुसार ईभीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ। नेपालमा यी दुवै उपकरणहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था छ।

जी मोटर्स नेपालमा भित्रिएको एक बर्ष भएको छैन र सबैभन्दा बढी रेन्ज दिने विद्युतीय कारका विभिन्न मोडल सार्बजानिक गरेको भन्दै बिज्ञापन बढाईरहेको छ। स्काइवेलका १२६ युनिट गाडी बुकिङ पनि भयो । स्काइवेलका ६२०,५२० र ४१० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक एसयूभी प्रदर्शन गरिएको थियाे ।

नाडा अटो शो २०२४ मा नामी ब्रान्डका गाडीकाे पनि राम्राे बुकिङ गरिएकाे छ । एमएडब्लु वृद्धि अटोकर्प नामी नेपालका लागि आधिकारिक वितरक रहेकाे छ । कम्पनीका अनुसार शाेमा ७१७ युनिट नामी ईभी बुकिङ गरिएकाे छ ।एमएडब्लु वृद्धि अटोकर्पका अन्य ब्रान्ड सेरेसका २१० युनिट बुक भएका छन् । यसैगरी, दिपलका १६५ युनिट भन्दा बढी गाडी बुकिङ भएकाे कम्पनीले जनाएकाे छ ।

एसपीजी अटोमोबाइलले प्रदर्शन गरेको जेको जे ६ र ओमोडा ई ५ का ३५० युनिट भन्दा बढी बुकिङ भएको छ ।यसैगरी,टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटाे शाेमा राखेकाे टाटा पन्च ईभीकाे पनि राम्राे बुकिङ भएकाे छ । टाटा पन्च ईभीकाे ६४४ गाडी बुकिङ भएको कम्पनीकाे भनाइ छ । यी गाडीकाे ३३ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्य रहेकाे छ ।

नाडा अटो शाेमा नामी ई१,नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्ट प्रदर्शन गरिएकाे थियाे । नामी ई१काे मूल्य २९ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ भने नामी ई२ ३१ लाख ९९ हजार रूपैयाँ र नामी ई३ ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएकाे छ । यससँगै, ड्युअल टोनको लागि भने थप ५० हजार रुपैयाँ लाग्ने भएकाे छ ।

नेपालमा अझै इभी गाडीको लागि पर्याप्त चर्जिंग स्टेशनको स्थापना भएको छैन। करिब २ घण्टा चर्जिंग मै हाल्नुपर्ने र अर्को गाडीले पालो नपाउने भएकाले छिटै चार्जिंग स्टेशन बनाउनु पर्ने देखिन्छ। आउने २०३० सम्ममा इंडियाले पेट्रोलियम गाडीको विकल्प निकाल्ने भनेर घोषणा गरिसकेको छ। नेपालमा पनि पेट्रोलियमको विकल्प निकाल्नुपर्ने भन्दै ईभी गाडी धामाधम भित्रिन थालेको छ। नेपाल भूपरिवेष्ठित राज्य भएकाले कि इंडिया कि चाइना संगको सहयोग लिन बाध्य हुनुपरेको छ।
नेपालमा भएका आधिकारिक बिक्रेताले धमाधाम मनपरी मूल्यमा गाडी बिक्रि गरिरहेका खबर सार्बजानिक भईरहेका छन्। पछिल्ला सन्दर्भ हेर्ने हो भने ईभी गाडीको टायर फेर्दा सेन्सरमा समस्या आईरहेको देखिन्छ र पानी परेको बेलामा ब्रेकले काम नगरेर दुर्घटना भईरहेको खबर सार्बजानिक भईरहेको छ। के नेपालको लागि ईभी गाडी उपयुक्त होला त?

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार