चलचित्र बुलाकी : कर्णाली परिवेशमा सन्तान नभएको कथा

भाद्र १ , काठमाडौं । कर्णाली  जिल्लामा बोलिने खस भाषामा आधारित चलचित्रले बिकट समुदायको चालचलन, रहनसहन र परम्परालाई देखाउन खोजेको छ। खस भाषा नेपालको प्रचिन भाषा मध्ये एक हो । खस भाषामा आधुनिकताको प्रभाव नपरेको हुनाले यस भाषाको प्रयोग कर्णाली प्रदेश र सुदुर पश्चिम का भित्रि क्षेत्रहरूमा मात्र पाउँन सकिन्छ । सिमित समुदायले मात्र बोल्ने भएको हुनाले खस भाषाको सुद्धता अन्य भाषा प्रभावले घट्दो छ । कर्णाली जिल्लाको वास्तविक घटनालाइ झल्काउने फिल्म हो बुलाकी।
सुरक्षा पन्त (हिरा) र नरेन खड्का (चन्द्र) को विवाह भएको धेरै वर्ष भईसकेपनि बच्चा जन्माउन नसकेको कथामा आधारित फिल्म हो बुलाकी।लक्ष्मी गिरी हिराको सासुको भूमिकामा छिन। कथामा चन्द्र र उनको परिवार दुवैले हीरालाई बाझोपनको दोष दिन्छन्, र चन्द्रकी आमाले बारम्बार दिइरहेको तनाबले हीरालाई सताइरहनछ।
गाँउले समुदायमा महिला घरायसी काममा खटिरहनु र पुरुष जिनिकोपार्जनको लागि बिदेशिनु अथवा अन्य ठाउमा गएर कमाउन बाध्य हुनुपरेको कथा आजको समाजको यथार्थ कुरा हो। पुरुषवर्ग भन्दा महिलाबर्गको कामबारे बिशेष चर्चा हुने गरेको समुदायमा महिलाको खोटलाई बढी चित्रण गरेको पाइन्छ। एउटा सन्तानको अभाब अथवा बाझोपनका कारण समाजले दिएको पिडा र स्वयं आफ्नै घरकी सासुले दिएको बचनबाणले गर्दा बचन यातना सहन नसकेर र पतिको पुत्र आशलाई पुरा गर्न नसकेको हुनाले घर छोड्छिन हिराले। त्यसैले चन्द्र-हिराको प्रगाढ माया प्रेममा सासुको बचनबाणले गृहस्थी छाड्न बाध्य हुन्छिन।
पारिबारिक सुख र बहिनीको बिहे गर्न खर्च जुटाउने भन्दै कालापथर जान्छन चन्द्र। चन्द्रको बुबा बन्ने चाहना र अर्को वर्ष गाउ फर्किदा बच्चा हुने आशाले गर्दा पनि हिरामा मानसिक तनाब बढेको देखिन्छ । कथामा सासु-बुहारीको कथा जोड्न खोजिएको छ जसमा सासुले बुहारीको काम प्रति कुनै प्रसंशा नगरेको कथा प्रस्तुत गरिएको छ। हिरा सरसफाई, खेतीपाती, खाना पकाउने जस्ता घरेलु काममा ब्यस्थ हुन्थिन। पानी लिन जाने र लुगा धुन खोलामा जाने, गहुँ कुट्ने र खाना पकाउन चाहिने दाउरा खोज्न जङ्गलमा जान्थिन् । जति नै मरिहत्ते गरेपनि सासुले प्रशंसा नगरेको कथा प्रस्तुत गरिएको छ।
अर्को प्रसङ्गमा हिरा विराज विष्ट (रत्न) संग भाग्छिन। रत्न सामुदायिक स्वास्थ्य चौकीमा काम गर्छन र उनि समुदायकै मिलनसार र सहयोगी मध्ये कै एक हुन्छन। कथामा महिनावारी हुदा छाउगोठ बस्ने बिषयबस्तु प्रस्तुत गरिएको छ। महिनावारीमा महिलालाई कसैले छुन नहुने, घर परिवारदेखि बेग्लै बस्नुपर्ने परम्परा हो, छाउपडी प्रथा। यो प्राचीन समयदेखि नै चलिआएको हो । बिशेषगरि मध्य तथा सुदूरपश्चिमका विकट पहाडी जिल्ला अछाम, कालिकोट, दैलेख, डोल्पा, बाजुरा, बझाङलगायतका जिल्लाहरुमा यो प्रथा अझै कायमै छ। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ। यसै बिषयबस्तुलाई पनि समेटेको छ फिल्म बुलाकीले।
अर्काको श्रीमती ल्याएपछि तिरिने जारीको कथा प्रस्तुत गरिएको छ। कर्णाली परिवेशमा अर्काको श्रीमती भगाउदा दुइपक्ष बीच माग अनुसारको सबै रित पुर्याउनुपर्ने कहानीलाई प्रस्तुत गरिएको छ। दुइ मुखियाले गाउको प्रतिनिधित्व गर्ने र दुइ पक्षलाई सहमतिमा ल्याउन मुखियाको ठुलो हात हुने कुरा प्रस्तुत गरिएको छ। जारी नतिरे दुइ पक्ष बीच द्वन्द हुने र जारी तिरेर सबै साम्य भएपछी पूर्व-श्रीमतीलाई दिदिबहिनी मान्ने अनुसार सम्जौता गरिनु नै जारी प्रथाको नियम हो।
देश/विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा फिल्मले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा उत्कृष्ट अवार्ड जितेको भए पनि गतवर्ष एकदिन प्रदर्शन भएर हलबाट बाहिरिएको थियो। चलचित्र बुलाकीले कर्णालीको परिवेशलाई झल्काएको छ। यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशील पोखरेल, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् । चलचित्रको निर्माण छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले गरेको छ।
‘बुलकी’ नेपाली दर्शकका लागि अनुपम चलचित्र हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार