वंगालादेशको आन्दोलनले प्रधान मन्त्रीलाई देश निकाला गर्‍यो

साउन २१, काठमाडौँ । वंगालादेश की प्रधान मन्त्री हसिनाले देश छाडेकी छन । आन्दोलनकारीहरुले प्रधान मन्त्री निवास घेराउ गरे पछी हसिनाले देश छाडेकी हुन ।

विपक्षी दलहरूको पूर्ण समर्थन पाएको विद्यार्थी आन्दोलन बङ्गलादेशको सर्वोच्च अदालतको फैसलापछि झन् उग्र भएको थियो ।
आइतबार झन्डै १ सय जना विद्यार्थी र आन्दोलनकारीको हत्या भएपछि सोमबार अपरान्ह हजारौं आन्दोलनकारी ढाकामा जम्मा भएर प्रधानमन्त्री निवासतिर मार्च गरेपछि प्रधानमन्त्री शेख हसिनाले विमान चार्टर गरेर देश छाडेकी छन ।

त्यहाँको सेनाले थप रक्तपात गर्न अस्वीकार गरेपछि हसिना देश छोडेर भाग्न बाध्य भएकि हुन । दिल्लीको आर्शिवादमा निरङ्कुश सत्ता चलाउँदै आएको आरोप लागेकी हसिना अन्ततः देश छोडेर भाग्न बाध्य भएकी छन ।

उनी भारतको त्रिपुरा गएको समाचार छ । बंगाली सेनाले देशको अवस्था सम्हाल्दै अन्तरिम सरकार गठन गर्न पार्टीहरूसँग वार्ता चलाइरहेको सेनाले बताएको छ । सेनाले गोली नचलाउन फौजलाई निर्देशन दिइसकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार