शहरीयाका लागि हाइकिङ : जेलबाट फुत्त भागेर एकदिन खुल्ला आकाशमा बिताएजस्तो…

०१ जेठ, काठमाडौँ । व्यस्त जीवनशैलीवालाहरू, त्यसमा पनि शहरीयाहरू, अझ त्यसमा पनि काठमाडौँबासीमा हाइकिङ्ग क्रेज छुट्टै छ। व्यस्त जीवनबाट अनुकुलता मिलाएर वातावरणीय दृश्य अवलोकन गर्न नजिकका डाँडाकाँडामा छोटो दूरीको पदयात्रा अर्थात हाइकिङ्ग गर्ने गरिन्छ ।

हाइकिङ अर्थात् एक ठाउँबाट पैदल यात्रा गरि अर्को ठाउँमा पुग्नु। नेपाली युवाबस्थामा हाइकिङ्गको क्रेज निकै बढ्दै गएको देखिन्छ। काठमाडौँको हकमा भने धुलो, धुवा अनि ब्यस्त सहरबाट मुक्त हुनलाई पनि मान्छेहरूले गन्तब्य खोजिरहेको हुनसक्छ। कामको तनाबले प्राय समय बेफुर्सद भएकाहरु पनि शनिबार नजिकैको गन्तब्य रोज्ने गर्छन। यो समूहको जमात पनि बाक्लै छ ।

हाइकिङ्गले तौल र रक्तचाप नियन्त्रण हुने, मनोरंजन पनि हुने साथै मोटोपन कम हुने भएकाले हाइकिङ्ग जानेको क्रेज बढ्दै गएको विज्ञहरू सुझाउँछन। व्यस्त जीवनका कारण आफैंलाई नियाल्न नपाइरहेका मान्छेहरूले हाइकिङ्गले मानब जिबन र बाताबरण बीचको सम्बन्धलाई बुज्ने तथा अध्ययन गर्ने मौका पाउँछन्। बिहान सबेरै गएर बेलुका फर्किन सकिने गन्तब्यहरू जस्तै: शिवपुरी, जर्सिङ्गपौवाबाट नगरकोट, काठमाडौंको जामाचो, काठमाडौंबाट नजिकै पर्ने चम्पादेवी, ललितपुर जिल्लाको फूल्चोकी, नुवाकोट जिल्लाको ककनी भञ्ज्याङ्ग हाइकिङ्ग रुट हुन्। हाइकिङ गर्दा शारीरिक तथा मानसिक फाइदा पनि हुन्छ ।

चराचुरुंगी, किराहरु कराएको आवाज अनि जंगलको फेस हावाको स्पर्श गर्न पाउँदा मनमा छुटै जागर आउँछ। घरबाटै खाना बनाएर लगेर समय अनुकुल मिलाएर खाने, मनोरंजन गर्ने अनि साझ फर्कने गरेको देखिन्छ। रमाइलो पदयात्राले तनावको स्तर (डिप्रेशन)कम गर्ने, शान्त बनाउने, हड्डी र मांसपेशी बलियो, मुटु स्वस्थ अनि रक्तचाप नियन्त्रण हुन्छ । मधुमेहका रोगीका लागि हिँड्नु फाइदाजनक हुने भएकाले हाइकिङ्गलाई प्राथमिकतामा राख्छन । पदयात्रामा हिँड्दा खुट्टाका जोर्नीको कसरत भई शरीर बलियो हुुन्छ । खुम्चिएका नशा तन्किन्छन् । शरीरबाट पसिना निस्कन्छ र पसिनाबाट शरीरमा रहेका फोहोर तत्त्व बाहिर जान्छ त्यसले शरीरमा ताजापन आउँछ, राम्रो निद्रा लाग्ने विज्ञहरूले पुष्टि गरिसकेका छन।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार