एप्पलले लगायो च्याट जीपीटीमाथि प्रतिबन्ध

दिग्गज प्रविधि कम्पनी एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स  च्याट जीपीटीमाथि बन्देज लगाएको छ । कम्पनीले हालै आफ्ना कर्मचारीहरुका लागि च्याट जीपीटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रयोगमा रोक लगाएको हो ।

वास्तवमा एप्पलले आफ्नै एआई प्रविधिको विकास गर्नका लागि काम गरिरहेको छ र छिटै नै यसलाई पेस गर्न सक्दछ ।

स्मरण रहोस् यसअघि सामसुङले पनि हालै आफ्ना कर्मचारीहरुका लागि च्याट जीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रयोगमा बन्देज लगाइसकेको छ ।

वालस्ट्रिट जर्नलले एक दस्तावेज तथा स्रोतको हवाला दिंदै यसको जानकारी गराएको हो । रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुका लागि च्याट जीपीटी तथा अन्य बाहिरी एआई एपको उपयोगमा रोक लगाएको हो । च्याट जीपीटी जस्तै आफ्नै एआई टूलको विकास नहुन्जेल सम्मका लागि एप्पलले यस्तो कदम चालेको हो ।

त्यस्तै एप्पलले आफ्ना कर्मचारीहरुलाई सफ्टवेयर कोड अटोमेटिक गर्नका लागि माइक्रोसफ्ट स्वामित्वको गिटहबद्वारा उपयोग गरिएको एआई प्रोग्राम कोपाइलटको प्रयोग नगर्न चेतावनी दिएको छ । कर्मचारीहरुले गोपनीय जानकारी समेत उजागर गर्नसक्ने खतरा रहेको आँकलन गर्ने कम्पनीले यस्तो कदम चालेको हो ।

एप्पलको चिन्ता कति सान्दर्भिक ?

ओपन एआईले गत महिना च्याट जीपीटीका लागि इनकग्निटो मोड घोषणा गरेको थियो जसले प्रयोगकर्ताको च्याट हिस्ट्रीलाई रेकर्ड गर्दैन वा । अर्थात् च्याट जीपीटीको आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाउनका लागि यसको प्रयोग गर्न सकिँदैन ।

यदि च्याट जीपीटी तथा अन्य च्याटबटले करोडौं प्रयोगकर्ताको डाटा व्यवस्थापन गरिरहेका छन् र त्यसले प्रायः एआईको क्षमता विकास गर्न वा प्रशिक्षित गर्नका लागि उपयोग गरिन्छ भने एआईका विषयमा व्यक्त चिन्ताहरु छानबिनको दायरमा आउँछन् । त्यसैले सामसुङ तथा एप्पल जस्ता कम्पनीहरुलाई च्याट जीपीटीबाट आफ्ना गोपनीय जानकारीहरु लिक हुने डरले सताइरहेको छ ।

कर्मचारीहरुले कम्पनीको संवेदनशील कोड च्याट जीपीटी प्लाटर्फमममा लिक गरेपछि सामसुङले मे महिनाको सुरुमै आफ्ना कर्मचारीका लागि च्याट जीपीटीजस्ता एआई टूल प्रयोग गर्न रोक लगाएको छ।

आईओएसका लागि आयो च्याट जीपीटी एप

ओपन एआई कम्पनीले भर्खरैमात्र एप्पल प्रयोगकर्ताका लागि च्याट जीपीटीको आईओएस एप लञ्च गरेको छ । कम्पनीले छिटै नै एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत च्याट जीपीटी लञ्च गर्नेवाला छ । च्याट जीपीटी एपलाई आईओएस प्रयोगकर्ताले एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । यद्यपि यो तत्कालका लागि केवल अमेरिकी आइफोन प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार