नेपाल च्याम्पियन बन्दा किर्तिपुरमा छायो खुशिवाली (तस्बिर)

१९ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ ।


वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाएका छन् ।

सोमबार वर्षाका कारण दुई पटक खेल रोकिएको थियो । सोही खेल आज बिहानदेखि सुरु भएर सकिएको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर भेटाएको हो ।

मौसम खराब भए पनि दुई दिन टीयू मैदान खचाखच भरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार