बराह जयन्ती मनाइँदै

काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोबास गर्न योग्य बनाएको सम्झनामा आज बराह जयन्ती मनाइँदै छ । सत्ययुगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन बराह (बनेल) को रुप लिनुभएको विषय बराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरुपी विष्णुले उद्धार गर्नुहुने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ । भगवान् विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्य रुपमा दश अवतार लिनुभएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, बराह, नृसिंह, बामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गर्नुभएको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् गौतमले बताए। यसै सम्झनामा आज बराहरुपी भगवान् विष्णुको पूजाआराधना गरी बराह जयन्ती मनाइन्छ ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी पूजा आराधना गरिन्छ । यस अवसरमा उपत्यका विभिन्न स्थानमा रहेका बराह बाराही मन्दिरमा भीड लाग्ने गरेको थियो । कोरोनाका कारण मुख्यमुख्य मन्दिर बन्द रहेकाले घरघरमै पूजा आराधना गरिने जनाइएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार