काठमाडौं। डोनल्ड ट्रम्पले फेरि जितेका छन्। हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको आठ वर्षपछि अनि जो बाइडनले उनलाई विस्थापित गरेको चार वर्षपछि पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउसबाट फर्किने निश्चित भएको छ।
सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनापश्चात् नराम्ररी बिग्रिएको छवि लिएर उनी राष्ट्रपतिको पदबाट बिदा भएका थिए। अहिलेको विजयबाट उनको गजबको पुनरागमन भएको छ।
त्यतिखेर डेमोक्र्याटहरूका अतिरिक्त कतिपय रिपब्लिकनहरूले पनि ट्रम्पको चर्को निन्दा गरेका थिए। त्यसपछि उनले थालेको चार वर्ष लामो राजनीतिक यात्राले अन्तत: उनलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पुर्याएको छ।र्यालीहरूमा उनको भाषण सुन्दा बेलाबेला विषयवस्तुमा ध्यानकेन्द्रित नभएको अनि जथाभावी बोलेको सुनिन्थ्यो। तर उनले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राखे। अमेरिकीहरूले ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको सर्वेक्षणहरूले देखाए – आप्रवासन तथा अर्थतन्त्र। अनि उनको निर्वाचन अभियानले यिनै विषय निरन्तर उठाइरह्यो।
निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो। तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिए अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढे।
अब उनीसँग शासन चलाउन चार वर्ष छ – यसपालि उनको पछाडि अझ परिस्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ।
श्रोत::बीबीसी न्युज नेपाली