जग्गादानबारे प्रश्न गर्ने तीन नेतालाई एमालेले कारवाही गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादान विरुद्ध बोल्ने नेतालाई कारवाही गर्ने भएको छ । पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने भएको छ ।

पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेले भाटभटेनीमा मालिक मिनबहादुर गुरुङसँग झण्डै ११ रोपनी जग्गा पार्टी कार्यालय निर्माणका लागि स्वीकार गरेको थियो । रावल, पाण्डे र लिमल्सिनाले यसको विरोध गरेका थिए । कीर्तिपुरमा बन्न लागेको पार्टी कार्यालय भवन गुरुङ आफैले बनाइदिने बताएका छन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार