जनपत्रकार संगठन नेपालद्वारा वीरजङ्‌ग स्मृति पुस्तकालयलाई पुस्तक हस्तान्तरण 

कपिलवस्तु । जनपक्षीय पत्रकारहरुको साझा र पेशागत संगठन जनपत्रकार संगठन नेपालले “वीरजङ्‌ग स्मृति पुस्तकालय”लाई पुस्तक हस्तान्तरण गरेको छ।बिहिवार कपिलवस्तुको शिवगढीमा रहेको उक्त पुस्तकालयलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव मार्फत पुस्तक हस्तान्तरण गरिएको हो ।

कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता, अध्ययनशील युवा र आम सर्वसाधारणको पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उदेश्यले सहिद चन्द्र बहादुर चन्द (वीरजङ्ग)को नामलाई जोडेर स्थापित गरिएको पुस्तकालयलाई नेपाली रुपैयाँ करिव ४२ हजार मूल्य बराबरको पुस्तकहरु जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य मन बहादुर सहकारी र बिष्णु बिश्वकर्मा मार्फत हस्तान्तरण गरिएको छ।

प्रदान गरिएका पुस्तकहरुमा सामाजिक, राजनीतिक, आर्थिक, बिज्ञान लगायतका विभिन्न बिधा र हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका पुस्तकहरु रहेका छन ।

पुस्तक हस्तान्तरण पछि नेकपा महासचिव विप्लव सीले सहयोगका लागि सङ्‌गठनलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा “वीरजङ्‌ग स्मृति पुस्तकालय”का प्रमुख सुशील सी,कार्यालयका बिजय र बिर्कुस लगायतका नेताकार्यकर्ताहरु सहभागी रहेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार