झोला ?

म देखि टाडै भाग ।
न आउ मेरो छेउमा ।
मैले बोकेको यो झोला ।
हेर्ने छुने काम नगर ।।

कीनकि यो झोला आफैमा खतरा छ ।
अझ यो झोला भित्रको भयको सामान देखेउ भने ?
तिम्रो होस हराउन सक्छ ।
तिमि बिहोस भएर ढल्न सक्छौ ।
खरानी भएर जल्न सक्छौ ।
त्यही भएर यो झोला हेर्ने छुने नगर ।।

यो झोला मेरो जिन्दगी हो ।
यो झोला मेरो कार्यालय हो ।
यो झोला मेरो अदालत हो ।
यो झोला मेरो परिवार हो ।
त्यही भएर यो झोला छुने आट नगर ।।

यहाँ माइन छ ।
यहाँ गोला छ ।
यहाँ हतियार छ ।
यहाँ भयका सबै सामान देखेउ भने ?
तिम्रो होर हराउन सक्छ ।
बिहोस भयर ढल्न सक्छौ ।
तिमिलाई हृदयघात हुन सक्छ ।
तिमि त्यही मर्न सक्छौ ।
त्यही भएर ।।

यो झोला छुने आट नगर ।
हेर्ने आट नगर ।
यो झोला आफैमा खतरा छ ।
आफैमा विष्फोट हुन सक्छ ।
आफै जल्न सक्छ ।
यस भित्र भएका सामानले जलाउन सक्छ ।
तिमिहरु जल्न सक्छौ ।
त्यही भएर ।।

यस्लाई छुने कोशिस नगर ।
त्यही भएर यस्लाई हेप्ने कोशिस नगर ।
उ आफै खरानी भएर ।
यस्ले अरुलाई जलाउन पनी सक्छ ।
उ आफै पड्कीयर अरुलाई मार्न पनी सक्छ ।
त्यही भएर म पडकीनु भन्दा तिमिहरु भाग ।।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार