जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने

काठमाडौ । जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले हालै निधन भएका संगठनका सचिवालय सदस्य सुदर्शनराज पाण्डेको नाममा स्मृति ग्रन्थ प्रकाशित गर्ने निर्णय गरेको छ ।बिहिवार काठमाडौमा सम्पन्न संगठनको पदाधिकारी बैठकले पाण्डेको स्मृतिमा ग्रन्थ तयार पार्ने र १ लाखको अक्षय कोष खडा गर्ने निर्णय गरेको हो ।

संगठनले स्मृति ग्रन्थको सामग्री संकलन र व्यवस्थापनका लागि सचिव वसन्त, कोषाध्यक्ष दिपेश र सबै प्रदेश संयोजकहरु रहेको तयारी समिति बनाउने र अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट जनपक्षीय पत्रकारितामा योगदान गर्ने १ जनालाई बार्षिक पुरस्कार दिने निर्णय गरेको छ।

साथै बैठकले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनको तयारी गर्ने र संगठनका उत्पादन, प्रकाशन लगायतका कामलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ।बैठकमा सचिवालय सदस्यहरु शोभराज बराल, रमेश महतारा र साहस भट्ट आमन्त्रित सदस्यको रूपमा सहभागी रहेका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार