आशिष देउला उर्फ ‘सुगर ड्याडी’ को रक्ताक्ष प्रश्न : आइरन तताउ कि ड्रिल हानौ?

आइतबार जाहेरी दिएका युवकलाई पनि देउलाले त्यही बेला यातना दिए। त्यति मात्र होइन, नङमा सियोले रोप्ने, तातो फलामले डाम्ने, मलद्वारमा लट्ठी घुसार्ने जस्ता काम गरेको पीडित युवाले दिएको जाहेरीमा उल्लेख छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १ घर भएका आशिष देउलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि पीडितहरु धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका छन् । साउथ इण्डियन फिल्मको शैलीमा यातना दिएर आफु मज्जा लिने गरेका रहेछन। सधै हिंसा, हत्या कहा लुक्थ्यो र? भनेझै एक युवाले प्रहरीमा आफुलाई दिएको यातना लिएर गए। त्यसपछि केशको पर्दाफास भयो।
एक युवकले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेको थियो । हाल पीडितको संख्या तीन पुगेको छ । पुन: अपहरण परिने डरले पिडितवर्गले प्रहरीमा जाहेरी दिन सकेका थिएनन। उनको काम, पुर्ख्यौली सम्पति बेच्दै ऎस-आराम गर्ने र हास्नको निमित्त सोझा-साझाको प्रयोग गरेर यातना दिने अनि त्यसबाट भएको छटपटाहटबाट आफु आनन्द लिने गरेको जाहेरी परेको थियो।

पहिलो जाहेरीकर्ताले बयान दिएपछि अन्य अरु पनि धमाधम प्रहरी परिसर आउदै बयान दिदै छन्। गत आइतबार भाद्र ३० गते धादिङ घर भएका एक युवकले जिल्ला प्रहरी परिसरमा आशिष देउला विरुद्ध जाहेरी दिएका थिए । सुगर ड्याडी’ बाट पीडित पोखरा घर भएकी एक युवती पनि प्रहरीको सम्पर्कमा आईन्, उनले युवतीलाई पनि यातना दिएको जाहेरी दिएकि छिन।

युवतीका अनुसार देउलाले २०८१ वैशाखमा ठमेल नजिकै क्षेत्रपाटीबाट गाडीमा राखेर बूढानीलकण्ठ वडा नं १ मा रहेको आफ्नो घरमा लगेका थिए । ‘पानीको पाइप जोड्ने पनिउँ तताएर शरीरको पछाडिएको भागमा डामेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने, ‘उनलाई हामीले सम्पर्क गरेर जाहेरी दिन आउन भनेका छौं ।’ युवतीले भने आशिष देउला हिरासतबाट छुटेपछि पुन: यातना दिनसक्ने डरले जाहेरी दिन नआएको तथ्य यसैबाट पुष्टि हुन्छ।

आइतबार जाहेरी दिएका युवकलाई पनि देउलाले त्यही बेला यातना दिए। त्यति मात्र होइन, नङमा सियोले रोप्ने, तातो फलामले डाम्ने, मलद्वारमा लट्ठी घुसार्ने जस्ता काम गरेको पीडित युवाले दिएको जाहेरीमा उल्लेख छ। स्रोतका अनुसार पिडितलाई जाहेरी दिन सहमत गराउन एक साता लागेको थियो। उनि भन्दा अगाडी बयान दिएका युबकले लगनटोलस्थित एक घरमा लगेर यातना दिएको बताए ।

नाइट क्लबमा जाँदा देउलाले  मुख छोप्नका निम्ति नकाव लगाउथे। तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाब लगाएर रोमान्स गर्थे । नकाब लगाएर युवतीसँग रोमान्स गरेका भिडिओ र तस्वीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गरेका रहेछन । नकाब भिर्नुको मक्सत कसैले नचिनुन् भनेर हो या सुगर ड्याडीको पहिचानका लागि लगाउने गरेको आशंका गरिएको छ। जसलाई देउलाले नाइट क्लब लान्थे, रमाइलो गराउथे उनैलाई नै चरम यातना दिने गरेको आरोप पनि छ । बयान दिने तिन जना देउलाका पूर्व चिनापर्चीका व्यक्ति हुन् ।

निर्दयी भावमा विना कारण निर्दोष व्यक्तिलाई यातना दिने गरेकोले उनी कतै मानसिक रुपमा पूर्ण ठीक नभएको आशंका गरिएको छ।मनोवैज्ञानिकका अनुसार उनीमा देखिएको संकेत स्याडिस्ट (परपीडक) भएको हुनसक्ने बताउछन । मनोवैज्ञानिकका अनुसार अन्य व्यक्तिलाई पीडा दिदा रमाउने मान्छेलाई स्याडिस्ट भनिन्छ र कुनै झोकी नभएको व्यक्तिलाई नै पीडा पर्दा सजिलोपना/ आनन्द लिनेहरू स्याडिस्ट हुन् ।
सुगर ड्याडीको हर्कतको बिषयमा जानकार नभएको र यस्रो गरेको हाल सम्म कहिकतैबाट थाहा नभएको परिवारका सदस्य बताउछन।

आशिषले पैसा उडाउनु आफ्नो सोख भएको बताए । उनले भने, ‘ऋण लिएको बेलामा पैसा साथमा हुन्छ । यही बेलामा भिडियो बनाउने गरेको छु । प्याङ्क गर्नु, अभिनय गर्नु र क्यारिकेचर गर्नु मेरो रुची हो । उनको ‘सुगर ड्याडी–५० मी’ नामको टिकटक आइडी छ ।’

गोप्य स्रोतका अनुसार उनको मानसिक सन्तुलन ठिक ठाँउमा नभएको पत्र बनेको भन्ने खबर विश्वदृष्टिकोणकर्मीले पाएको छ। धनाड्य पिताका पुत्र आशिष देउला रात्री क्लबको निश्चित ग्राहक हुन् । कक्षा १२ मात्रै सकेका आशिष क्लबमा जाँदा ४०-५० हजार उदाउनु कुनै ठुलो कुरो होइन, त्यो पनि दैनिकी रुपमै, नभए हप्ताको ३-४ दिन बुढ्यौली नकाब लाउदै उनि प्राय: सिनेट, ओम्निया र एलओडीमा जान्छन् ।

देउलाको अस्वाभाविक बानीव्यहोरा देखेपछि प्रहरीले बूढानीलकण्ठस्थित देउलाको परिवारका सदस्यहरुसँग सोधपुछ गरेको थियो । तर कसैले पनि देउलाको यस्तो अपराधबारे जानकार रहेको नबताएको परिसरका प्रवक्ता अधिकारी बताउँछन् ।

परिवारका सदस्यले समेत आफूहरु दिनभर काममा व्यस्त हुने र देउला पनि आफ्नो काममा हुने भएकाले यसबारे कुनै जानकारी नभएको उनीहरुले बताएका छन् । देउला पछिल्लो समय प्रि–फ्याब सम्बन्धी काम गर्ने गर्थे भने उनको बूढानीलकण्ठमा हार्डवेयरको पसल समेत रहेको पाइएको छ ।

देउलाको अमानबिय कार्यमा साथ् दिने चार जना संगी छन्। चारैजना बिरुद्द अपहरण तथा शरीर बन्धकको मुद्दा चलाईएको छ। पक्राउ पर्नेमा टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई परिसरको टोलीले १८ भदौमा पक्राउ गरेको थियो ।

एक व्यक्तिले दिएको बयान अनुसार राजेन्द्र घले र साजन गुरुङलाई अभद्र व्यवहारको आरोपमा म्याद थपुवा गरिएको छ भने २२ वर्षीय ओजस्वी तामाङ र २७ वर्षीय राजेन्द्र घलेलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गरि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा के छ? 

कुनै पनि अपहरण र शरिस बन्धकको केश पांच वा पांच भन्दा बढी व्यक्ति आबद्द भई गरेको भए कसुरको गम्भीरता बढाउनुपर्ने हुन्छ तर दॆउलाको बिषयमा शारीरिक, मानसिक र अपाङ्गताको कारणले गर्दा कसुरदारको क्षमता ह्रास भएको अनुसन्धानमा पुष्टि भए कसुरको गम्भीरता घटाउने अवस्था हुन्छ।

अपहरण तथा शरीर बन्धक कसूर अनुसार, यदि कहिँ कसैले कानुन विपरीत कसैको शरीर बन्धक वा अपहरण गरेमा हुने सजाय कसैले कसैको ज्यान लिने, कुटपिट गरी चोट पुर्‍याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्न वा दास बनाउने वा इच्छा विरुद्ध जबरजस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिन कुनै कार्य गर्न गराउन बाध्य बनाउने, मुक्ति रकम लिनेका वा अन्य कसुर हुने अन्य कुनै काम लगाउने उद्देश्यले अपहरण वा शरीर बन्धक लिएमा सातदेखि १० वर्षसम्म कैद र ७० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना र अन्य उद्देश्यले गराएमा तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि ५० हजारसम्म जरिवानासमेत हुन्छ । अपहरण वा शरीर बन्धकमा अझ थप सजाय समेत हुने छ। जस्तै : अपहरण गरी शरीर बन्धक लिनेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र एक लाखदेखि एक लाख ५० हजारसम्म जरिवाना तोकिएको छ भने अपहरण र शरीर बन्धक लिइसकेपछि कानुनबमोजिम कसुर मानिने अन्य कसुर गरेको रहेछ भने त्यसमा अझ थप सजाय हुने छ भने अपहरण र शरीर बन्धकको कसुर सङ्गठित रूपमा कसैले गरे/गराएको रहेछ भने सो कसुरमा थप दुई वर्ष कैदसजाय हुने छ ।

दफा २१६ अनुसार कसूर गर्ने व्यक्तिले कसूर गर्दा गर्दैको बखत सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेमा वा अन्य कसूरदार वा सो कसूर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्याएमा अवस्था हेरी अदालतले निजलाई सजाय कम गर्न सक्नेछ ।

दफा २१७ अनुसार : यस परिच्छेद अन्तर्गतको कसूर गरे वा गराएको ठहरेमा कसूर गर्ने वा गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित व्यक्ति मरी सकेको भए निजको नजिकको हकदारलाई भराई दिनु पर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार