खुस्मा प्रिमियर: नेपाली कलाकार कहिले होलान् समयनिष्ठ?

मगर समुदायमा आधारित फिल्म खुस्माले मंगलबार साझ बिश्वकर्मा पूजाको अवसर पारेर प्रिमियर गर्यो। फिल्मको माहोल प्रकाशपुञ्जबाट आउने रङ्गीबिरङ्गी सौन्दर्य झैँ थियो।

सबै भन्दा शोभायमान र हेरिरहु लाग्ने महिला टिमले बजाएको मगर बाजा थियो । फिल्म निर्माण टोलिले कलाकार, पत्रकार एबम विशिष्ट व्यक्तिहरुलाई निम्त्याईएको थियो।

दिवा ४ बजेको निम्तो थियो तर नेपालि समयलाई नेपालि कलाकारले के मान्थे र? झुरुप्प बाक्लो भिड देखाउने र शान संग आउने कलाकारको काम नै भइसक्यो। नेपाली फिल्मको प्रिमियरमा तोकिएको समयमा नै फिल्म सुरु गरेको पाईदैन। नियमी भनेको सबैकी लागि उही भएपनि नेपाली सेलिब्रिटी होस् या कलाकारले समयनिष्ठा भएको देखिदैन। अथितिवर्गलाई ४ बजे निम्तो गरेर फिल्म ७ बजे सुरु गरिएको थियो।

फिल्मको कलरिङ्ग बिग्रिएकोले अघिल्लो ब्रेक सम्म फिल्मको सिनारियो खासै राम्रो देखिएको थिएन तर पछि कलरिङ्गको काम भएको भन्दै लामो समय ब्रेक गरिएको थियो। मध्यान्तर पछि कलरिङ्ग गज्जबको भएपनि कथाले खासै मन छुन सकेन।

ज्ञानेन्द्र शाहीले प्रिमियरमा फिल्म जस्तो मात्र नभई एउटा दस्तावेज जस्तो भएको बताए। फिल्म निकै राम्रो बनेको र उपसनाको काम अत्यन्तै राम्रो रहेको भन्दै निर्देशक निश्चल बस्नेतले प्रशंसा पनि गरे नगरुन पनि कसरी? कमेन्ट राम्रै नगरे दुई दम्पतीको ‘बेहुली फ्रम मेघौली’ पनि २४ गते बाटै प्रदर्शनमा आउदै छ।

फिल्मको प्रिमियरमा फिल्मकर्मी राजनितीज्ञ र पत्रकारको बाक्लो उपस्थिति थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य एबम सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, निर्देशक रामबाबु गुरुङ, रेनेशा वान्तवा राई, प्रदीप भारद्धाज, निर्माताहरु र अभिनेता सलिनमान बनियाँ उपस्थिति थियो। अभिनेत्री पशुपति राई, लुनिभा तुलाधर पनि प्रिमियरमा उपस्थित भएकी थीइन।

फिल्मको कथा रुकुम कै स्थानिय परिवेशमा द्रिश्यांकन गरिएको हुनाले रुकुमका स्थानिय बासिन्दाको पनि उपस्थिति थियो।
द्धन्द्वकालको कथावस्तुलाई पस्किन खोजेको निर्माण टिमको कथा प्रिमियरमा काचो भात पस्किए झैँ भएको छ।

काँचो भात पस्किने क्रममा कतै पाकेको भात परेको भन्न सुहाउने दुइ गीत फिल्ममा छन्। दिपक बज्राचार्यको छायांकन रहेको फिल्मको गीत ‘रुकुमै कोट’ बजारमा हिट छ। फिल्ममा लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन् भने एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो।

फिल्म खुस्मामा अभिनेता धिरज र अभिनेत्री उपासना छन् भने अन्य कलाकारको अभिनय गर्नेमा माओत्से गुरुङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, विवेश मगर छन्।

फिल्म खुस्मा असोज ३ गते बिहिबारबाट देशभर प्रदर्शनमा आउदै छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार