अनामनगरस्थित धोबीखोलामा खस्यो ट्याक्सी, चालक सकुशल

काठमाडौं : काठमाडौँको अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेज नजिकै ट्याक्सी धोबीखोलामा खसेको छ।

आइतबार राति भिषण वर्षा भएको थियो र सोहि समयमा ट्याक्सी धोबीखोलामा खसेको स्थानियले बताए।

चालक ट्याक्सीसँगै खोलामा खसेका थिए। करिडोरको उचाई र खोलाको सतहको दूरी धेरै नभएकाले उनि सकुशल बहिर निस्किएका थिए। ट्याक्सी खसे लगतै स्थानीयले प्रहरीलाई खबर गरेका थिए र प्रहरीको सम्पर्कमा आइसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

ट्याक्सीलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ। बर्षा भएसंगै पानीको बहाब बढी भएकाले ट्याक्सी उक्त खसेको स्थानबाट बगाएर केहि पर सम्म पुर्याएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार