कोशी प्रदेश सरकारमा सहभागी हुँदै नेपाली कांग्रेस, कोइराला समूह तटस्थ

काठमाडौं : कोशी प्रदेश सरकारमा आज नेपाली कांग्रेस सहभागी हुने भएको छ । करिब डेढ महिनाअघि कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुने निर्णय भएका छन् ।

ज्ञानेन्द्र कार्कीनिकट सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालय सम्हाल्नेछन् भने सिटौला निकट भूमी राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् । काँग्रेसका भुपेन्द्र राईको नेतृत्वमा कांग्रेसमा सहभागी हुनेछ । शेरबहादुर देउवानिकट खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री बन्नेछन् ।

कोइराला समूह निकट हाल सरकारमा सहभागी नहुने भएका छन् । प्रमुख सचेतकका अनुसार एक-एक मन्त्री र राज्यमन्त्री केही समयपछि सरकारमा सहभागी हुनेछन् ।

साउन १२ गते कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कोइराला समूहको अडान बेग्लै थियो। दुई मन्त्रि काँग्रेस कोइराला समूहको माग थियो र त्यसअनुसार नहुने भएपछी सरकारमा सहभागी हुन ढिलाइ भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार