एक महिने पशुपति कोटीहोममा ७२ लाख रुपैयाँ घाटा

काठमाडौं : पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा खर्च धेरै भएको दाबी बिजय कृष्णमूर्तिले गरेका छन् । कोटीहोम सकिएको करिब एक महिनामा आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक विजय कृष्णमूर्तिले ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको सार्वजनिक गरेका छन्।

बिजय कृष्णमूर्तिका अनुसार कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो। कोटीहोममा करिब २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको बताए ।

भेटि अझै राम्रै उठाउने मनशायले बढी-बढी मूल्यको नाम बाचन गरेपनि महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि दुई करोड रूपैयाँ आउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार