युनिग्लोबल कलेजले अधिकतम शुल्क नियम विपरित उठाएको छ

भाद्र १८, काठमाडौं । युनिग्लोबल कलेजले अधिकतम शुल्क नियम विपरित उठाएको छ ।

काठमाडौं कमलादी स्थीत युनिग्लोबल कलेजले प्रमाण पत्रका नाममा चर्कोे पैसा विधार्थिबाट असुल गरेको हो ।

विश्व दृष्टिकोण लाई उपलब्ध सुचना अनुसार युनिग्लोबल कलेजले प्रत्येक विधार्थिबाट क्यारेक्टर सटीफीकेटको नाममा ३,१०० लीएको पाईएको छ ।
 युनिग्लोबल बाट आएको मेसेज

(आदरणीय अभिभावक ज्यु , नमस्कार । हजुरहरुको नानी/बाबुको NEB बाट TMP र विद्यालयबाट Charater Certificate  लिन यथासिघ्र रु ३१०० ( ११००+२००० ) विद्यालयको लेखा शाखामा )

 

यस गुनासोलाई कन्फर्म गर्न हामीले युनिग्लोवलका कोडीनेटरलाई सम्पर्क गर्याै ।
सर युनिग्लोबलले क्यारेक्टर सटीफीकेटको ३,१०० लगेको रैछ नी है ?
– टासक्रीप्सनको १,१०० र क्यारेक्टर सटीफीकेटको २,००० गरेर ३,१०० हो भने ।
लिन मील्छ सर ?
– उनले भने मिल्छ, तपाई NEB मा सोध्नुहोस ?

हामीले सीधा सम्पर्क NEB का अधिकारीलाई गर्याे र क्यारेक्टर सटीफीकेटको विषयमा राष्ट्रीय परिक्षा बोर्डमा बुझ्दा परिक्षा  बार्डकाअधीकारीले यस विषयमा NEB काठमाडौं कार्यलयलाई सोध्नु भने
काठमाडौं NEB  कार्यलायका अधिकारी संगको कुराकानि
सर यो क्यारेक्टर सटीफीकेटको शूल्क कति छ ?
– यो स्कुलले दीने हो । यति उति भन्ने छैन ।
नियममा छ की छैन क्यारेक्टर सटीफीकेटको शुल्क ?
– ” कही कतै नियममा लेखेको छैन तर प्रमाण पत्र शुल्क भनेर सामान्य छपाई खर्च मात्र लिन मील्छ , क्यारेक्टर सटीफीकेट स्कुलले नै दीने भएकाले त्यसको नियमन गर्ने निकाय अहीले स्थानिय निकाय भएकाले त्यता सोध्दा हुन्छ उनले भने”।

काठमाडौं महानगर शिक्षा शाखा का अधिकारी इन्द्र प्रसाद दाहाल संगको कुराकानि फेरी त्यही प्रश्न सोध्यौ
सर यो क्यारेक्टर सटीफीकेटको शूल्क कति छ ? कानुनमा छ की छैन ?
– “क्यारेक्टर सटीफीकेटको मुल्य यति उति भन्ने छैन न संघिय कानुनमा न केहीमा छ । यो स्कुलले दीने हो सामान्य प्रमाण पत्र शुल्क भनेर छपाई खर्च सम्म लिन मील्छ । इन्द्र प्रसाद दाहालले  “थप्दै भने विधार्थिबाट बढी पैसा नलिनुहोस जति पैसा छपाईमा लाग्छ त्यति मात्र लिनुहोस भनेर सचेत पनी गराएको छ ” ।
त्यसो भए स्कुलले जति पनी राख्न पायो जे पनी गर्न पायो ?
– बढीमा ५०० देखि १००० सम्म लीने स्कुललाई हामीले केही गरेका छैनौ । र त्यो भन्दा बढी लिन नमील्ने र यदी त्यस्तो गरेको पाईएमा कसैले उजुर, निवेदन दीएमा छानविन हुन्छ । उनले भने मीटीङहरुमा त्यो भन्दा बढी नलिनु भनेर पनी भनेको छ ।
हामीले पुर्ण कोडीनेटर संग कुरा गर्याै
का.म.पा.का अधिारीका अनुसार सामान्य प्रमाण पत्र छपाई शुल्क सम्म लिन मील्ने ५०० देखि १००० त्यो भन्दा बढी नलिनु भनेर मीटीङ हरुमा समेत जानकारी गराएको भन्ने छ नि ?
भन्दा उनले भने
– “त्यो विषयमा आफु जानकार नभएको र यदी त्यसो भए म खबर गरौला ” भने खुलेर बोल्न चाहेनन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार