चलचित्र बिकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी) नियुक्त

काठमाडौं । भुवन केसीको कार्यकाल सकिएपछि चलचित्र बिकास बोर्डको अध्यक्षको पद रिक्त थियो । बिहिबार बसेको विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी) नियुक्त भएका छन्।

यधपी अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो तर मन्त्रीपरिषदमा तीन जनाको मात्र नाम सिफारिस भएको थियो।

भाद्र १३ गते बसेको मन्त्रीपरिषदको बैठकले दिनेशराज दाहाललाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

निर्देशक तथा सञ्चारकर्मी डिसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा र निर्देशक दीपा पाण्डे बस्नेतको
नाम सिफारिस भएको थियो।

पूर्ब-बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार