नेपाललाई ट्रीटमेन्ट गर्नुपर्छ ।

कृष्ण बि.क. (पासाङ)

१८ बैशाख, काठाण्डौँ । नेपाल अहीले नढाटेर भन्दा संक्रमणको अवस्था छ । टीटमेन्ट वा उपचार गर्नु पर्ने बेला भएको छ यदी गरिएन भने स्थिति भयावह हुने वाला छ । यो कुरा सबै नेपालीले हेक्का राख्नुपर्ने भएको छ, कसैले यो भन्न सक्दैन की नेपाल सबै हीसाबमा ठीक छ । नेपालको हरेक क्षेत्र जस्तै राजनितिक, आर्थिक, प्रसासनिक, शिक्षा र स्वास्थ्यका दृष्टिले देश संक्रमणको अवस्थामा छ ।

यसका लक्षणहरु हुन जस्तै भ्रष्टाचार सुन तस्कर आर्थिक मन्दी एमसीसी जस्ता राष्टघाति सम्झौता यी खराब तत्वले भोली ठुुलो भुकम्प सिर्जना गर्ने वाला छ । र बेलैमा यसको समाधान वा हल गरियन भने सवाल उठ्छ देश र तपाई हाम्रो अस्तित्व रहने वा नरहने हेर्दा सामान्य भएकै कुराहरु हुन चलिआएको छ भन्ने लागे पनी यो क्यान्सर भन्दा घातक रोग हो । यस्को उपचार नहुने स्थिती पैदा हुन्छ र यो गलत तत्व हावी भयो भने दीन गनेर बस्नुको विकल्प छैन । हामीले यस्को समाधान खोज्नु पर्छ यसको प्रमुख समस्या परनिर्भर राजनिति हो र समाधान पनी राजनिति हो ।

कीन भने राज्यको हरेक क्षेत्रलाई लीड गर्ने भनेको राजनितिले हो । राजनिति भनेको राज्यको निति हो । राजनिति भनेको संसारको सबैभन्दा सर्बश्रेष्ठ प्रणालि हो । राजनिति समाजको उच्च चेतनाको केन्द्रीकरण हो राजनितिले सबै राज्यका संरचना र सबै निकायको लिड गर्ने शक्ती हो । देश कस्तो बनाउने भन्ने कुरा राजनितिले निर्धारण गर्ने कुरा हो । देश समाज र नागरिकको अधिकार सुनिश्चित गर्ने निकाय हो । मुल यदी सफा भएन भने पुरै पानी धमीलो हुन्छ । हरेक नितिको मुल निति राजनिति हो, यसको समाधान पनि राजनितिले नै गर्छ । अहीले मानीसहरुले राजनितिलाई फोहोरी खेल भनेर पनी भाष्य निर्माण गरेको पाइन्छ । राजनितिलाई व्यापारमा रुपान्तरण गरेको देखिन्छ । या भनौ कसैले गलत काम गरेको छ शक्तीको दुरुपयोग गरेको छ सेटीङ मीलाएर भ्रष्टचार गरेको छ राज्यको श्रोत साधनको दुरुपयोग गरेर ढाकछोप गर्ने गरेको छ भने मानीसले त्यसलाई राजनिति भन्छन, त्यो राजनिति नभयर लुटनिति हो । अहीले नेपालमा भएको यही नै हो । यो नितान्त गलत छ ।

यदी जनता राजनितिक हीसाबमा सबल छैन भने यस्ता समस्याहरु देखा पर्छन । मैले कीन राजनिति नै सबै समस्याको समाधान भनेको भने हरेक नितिको मुल निति राजनिति भएकाले यसको अर्काे विकल्प छैन । हरेक देशको राजनिति वा शाषण प्रणाली कस्तो बन्ने भन्ने कुरा देशको जनता कस्तो छ भन्ने कुराले पनी केहीहद सम्म निर्धारण गर्छ । सामान्य उदाहरण लीउ होटलको बाहीर एकदम स्पेशल खाना पाइन्छ भनेर लेखेको छ तपाई होटलमा खाना खान जानु भो र खानाको पैसा पनी तिरिसक्नु भो यदी तपाईलाई होटलवालाले मात्रै सुखा खाना दीयो न दाल छ न तरकारी छ न पानी दीएको छ थप खाना दीने त परैको कुरा हो । यस्तो अबस्थामा तपाई के गर्नु हुन्छ ? अबस्य विकल्प खोज्नु हुन्छ र लडनु हुन्छ । या झगडा नै गर्नु हुन्छ र पैसा फीर्ता माग्नु हुन्छ तपाई ठगीनु भो खाना दीयो तर सुख्खा छ । भएको ठीक यस्तै ठगी हो । कस्ले त भन्दा राज्यले हामी जनतालाई यसरी नै ठगेको छ । लोकतन्त्र भन्छ कागजमा प्रचार गर्छ तर ठगी रहेको छ ।

जनताले ठुलो बलिदानी र त्याग तपस्या गरेर बेला बेला लडेर मुल्य चुकायकै छन । ठगी धन्दा रोकीएको छैन । जनताको कर बाट चलेको सरकारले न रोजगारी दीन्छ न फीरी शिक्षा छ न स्वास्थ्य छ न कुनै अबसर राज्य संचालन देशको रेमीटेन्स र कर बाट चल्ने अनि त्यही रगत र पसिना बेचेर तिरेको कर माथि हालिमुहाली गरेर भष्टचार गर्नेको विकल्प खोज्नुको विकल्प छैन । जनतालाईँ विभिन्न सपना देखाएर आफ्नो व्यक्तिगत स्वार्थका लागी जनतालाई miss use गर्ने र जनताका श्रेश मुद्दा माथि लात हान्ने अधिकार कसैलाई पनि दीनु हुन्न । यो पनी नेपाली राजनितिको एक रोग हो, नेपाली जनताको आखामा छारो हाल्ने काम वेला वेलामा भएको छ ।

विडम्वना भन्नु पर्छ आज सबैले राजनितिलाई फोहोरी खेलको संघ्या दीइका छन । राजनितिलाई राज्यको निति नबनाएर बहालवाला साषकको निति बनाएको पाईन्छ । आज अधिकांस जनता राजनिति बाट फस्टेसन र इरिटेडको सिकार भएका छन । फेमश टुक्का छ जति जोगि आए पनी कानै चिरियका भन्ने भाष्य निर्माण भएको छ । जता जानुहोस देश कमीशन र भ्रष्टाचारको कीचलोमा देश संक्रमणको अबस्थामा छ । आफ्नो पेट भर्नु बाहेक जनताको कुनै मतलब छैन । नेपाल यस्तो देश हो । जहा पानि मात्र सही तरिकाले यसको युटीलाईज गर्न सक्ने हो भने नेपालको अर्थतन्त्र धान्ने स्थिति छ । यदी नेपालमा भएको कुहीएर खेर गएको काठ मात्र व्याबस्थित ढंगले निर्यात गर्ने हो भने पनी देशले निकै ठुलो फड्को मार्न सक्छ । तराईको जमीनमा मल जलको व्याबस्था गरि आधुनिक तरिकाले खेति गर्ने हो भने लगभग ६ करोड बढी जनसङख्यालाई धान्न सक्ने अन्न उत्पादन गर्न सकीन्छ । नेपालमा विद्युत उत्पादन गर्ने हो भने एसियालाई धान्न सक्ने विद्युत उत्पादन गर्न सकीन्छ । भने विश्वको वहुमुल्य धातु युरिनियम जस्ता खनिज पदार्थलाई उत्खन्न गर्न सकीयो भने सोच्नुहोस त देश कहाँ पुग्छ होला ?

जडिबुटी सम्भावना नै सम्भावना बोकेको देश यो भन्दा राम्रो र सुुन्दर देश अर्काे कुनै छ जस्तो मलाई लाग्दैन सैसारको सबै भन्दा बढी उचाई भएको सगरमाथा लगाएतका ८ वटा हीमालहरु नेपालमै पर्छन जहाँ बख्खान गर्न नसकीने प्राकृतिक सुन्दरता र सम्भावना वोकेको देश आज संसारले गरिब देश भनेर चिनिरहेको छ । हाम्रो गरिब चेतना र गरिब राजनितिकका कारण हामी पछी पर्याे यो समस्याले हामीलाई नै पिरोल्छ । अर्काे देशको जनता आएर देश बनाउने हैन बरु विगार्न तिर लाग्छन । देश यस्तो उस्तो भनेर प्रश्न उठाउने ठाउँ मैले भने देखेको छैन । यो हाम्रै कारणले देश गरिब भएको हो देश संचालन गर्ने दलाल र ठेकेदारलाई भने प्रश्न उठाउन सकीन्छ । देश बिगार्ने अधिाकार कसैलाई पनी दीनु हुन्न कार्वाइको दाएरामा ल्यानु पर्छ । र यसको प्रमुख दोष यो देश संचालन गर्ने शाषकहरुलाई नै जान्छ । त्यसपछि यो देशको जिम्मेवारी नागरिकले नै लिनु पर्छ जस्तो लाग्छ ।

जनता भनेको माओका अनुसार इतिहासका निर्माता हुन र जे गर्छ जनताले गर्छ कस्लाई के गर्ने भन्ने कुरामा जनताको हातमा हुनुपर्छ आफ्नो अधिनायकत्व को लागी सही डीसिजन गर्न सक्ने र चाहे त्यो विकास निर्माण को कुरा होस वा कुनै पनी काम वा परिवर्तन जनता बिना सम्भव नै छैन यो कुरा साचो हो की हरेक शक्तीको पछाडी जनताको ठुलो भुमीका रहेको हुन्छ । नेपाललाई संसारकै नमुनाको देश बनाउन सकीन्छ । नयाँ नमुना तयार गर्नुपर्छ सत्ताको नमुना भनेको नेपाली नमुनाको सत्ता हनु पर्छ । कुनै देशको कपी रीरहनु पर्दैन । आविष्कार गर्न सकीन्छ, अहीलेको युग भनेको सुचना र प्रविधीको युग हो । यो कुनै पनी देश समाज र व्यक्तिले यसको फाईदा लीन सक्ने विषय हो । कुनै समय यस्तो थियो कस्ले के भन्यो र कसले के विचार को विकास गर्याे भन्ने विषयमा प्राय देश समाज र व्यक्ति जानकार भने पक्कै थिएन ।
तर समय र युग नयाँ ठाउँमा आइपुग्यो । सुचना र प्रविधीको विकासले यसको फाईदा जो सुकैले पनी लिन सक्ने कुरा हो । यो खुसीको कुरा पनी हो । हामीले नगरे कस्ले गर्ने ? अहीले नगरे कहीले गर्ने ? आज नगरे कहीले गर्ने ? हामीले गर्नै  पर्छ । अहीले गर्नै पर्छ । आज गर्नै पर्छ । के हामीलाई यो देश बनाउने अधिकार छैन ? यसको अत्तर हो अधिकार यो देशको प्रत्येक नागरिकलाई छ । त्यसोभए कीन देश नबनाउने ? के हामी यो देशको मुहार फेर्न सक्दैनौ ? देशको मुहार फेर्ने कोशीष र प्रयत्न गर्याे भने सकीन्छ । यो दुनीयामा गर्याे भने असम्भब कुनै त्यस्तो चिज छैन । मज्जाले सकीन्छ यदी साच्चीकै गर्ने हो भने सकीन्छ । गफ गरेर होईन त्यसको लागी मुल्य चुकाउन तयार हुनु पर्छ । कुनैपनी चिजको यदी मुल्य चुकाउन तयार भयो भने अवस्य लक्ष्य प्राप्त गर्न सकीन्छ । लोभ लालच पथ प्रतिष्ठा र विलासिताको जीवन त्याग्न जरुरी छ । र देशको लागी नीस्वार्थ रुपमा हामीले देशको मुहार फेर्ने हीक्मत जुटाउनु नै पर्छ । यदी यसो गरीएन भने परीणाम यो भन्दा भयावह हुने, सम्भावना देखीन्छ ।

यो देशलाई माया गर्ने र देशको मुहार फेर्न चाहानेहरु एक ठाउँमा आउनु नै पर्छ । हामीले आफ्नै नमुनाको देश कीन नबनाउने ? अरु देशले के गर्याे भन्दा पनी हामीले के गर्ने भन्ने विषयमा सोच्ने बेला आएको छ । यसको मतलब यो होईनकी अरु देशको राम्रो काम र अस्तीत्वलाई इन्कार गर्न खोजेको भने पक्कै पनी होईन । यो भन्दा पनी राम्रो नमुनाको देश बनाउन कस्ले रोक्यो । नयाँ नियम बनाउन पुरानो नियम तोड्नु पर्छ । नयाँ नमुनाको देश बनाउनकालागी तयारीमा लागौ न त !
एक पटक नरेन्द्र मोदीलाई एक विधार्थिले प्रश्न गरेका थिए तपाईको सफल्ताको रहस्य केहो भनेका थिए । मोदीले उत्तरमा भनेका थिए,  रेष्टुरेन्टमा कीचन कसैले देखाउदैन यदी त्यो देखीयो भने कस्टमरले खाना नखाला की भन्ने डर हून्छ । यसको मतलब हो हामीले दुःख मेहेनेत गर्ने पर्छ देश बनाउनका लागी । सबैले एक चोटी देशको लागी मेहेनेत गर्ने की ? विगार्न पनी मेहेनेत गर्नु पर्छ । जड्याय बन्न त मेहेनेत गर्नु पर्छ जाडखाने मानीसले पैसा खर्च गरी गरी दीन दीनै नाक खूम्च्याउदै खानु पर्छ । दुनीयाको तीरस्कार सहदै घरपरिवार बाट घृणित भएर बाच्नु पर्छ । रोगी भएर अस्वस्थ जीवन जीउनु पर्छ । अनी मात्र जड्याय बन्न सकीन्छ । जन्मीने वित्तीकै जड्याय हून्न मानीस खराब काम गर्न त यती मेहेनेत लाग्छ भने देशको भविश्य जस्तो माहान काम गर्न मेहेनेत त गर्नै पर्छ । आलोचना गरेर बस्नु भन्दा गाली गर्नु भन्दा देशको हीत हुने एउटा भए पनी नयाँ आईडीयको खोजी गर्न सही हुन्छ । त्यसैले यो देश बनाउन अली कती भएपनी सोच्ने की ?

अहीले कस्तो  ट्रेन चलेको छ भने देशमा केही पनी हुदैन यो देशमा काम छैन । यता सब खराब छन । यता हामी जस्ताको काम छैन । यस्ता खालका नीराशाले ठुलो मार्केट पाएको छ । गाली र आलोचना बाहेक अरु सम्भावना र प्रगती समस्याको समाधान का विषयमा बहस गरेको देखीदैन । आज चाईना कीन अर्थ तन्त्रमा अगाडी आयो त भन्दा चाईनाले समयको सही युटीलाईज गरेको छ । मानव जातीका लागी चाईने अती आवश्य सामान सस्तोमा कम लागतमा कसरी बनाउन सकीनछ भनेर खटीरहेको छ र मानीसका समस्याको समाधानमा समय व्येतीत गरेको छ । अमेरीका पछी पर्नुको प्रमुख कारण अन्य देशलाई कसरी अन्डरमा राख्ने भनेर दीन दीनै तनावमा देखीन्छ । र त आज विश्वमा सबैभन्दा बढी मानसीक रोगी अमेरीकामा देखीन्छन । सबैको भलो चीतायो भने चाहे त्यो देश होस वा व्यक्ति प्रगती नै हुन्छ । राम्रै हुन्छ चीताएको काम पुरा गर्न सक्छ ।

मानीसले राजनीतीलाई फोहोरी खेल भनेर नामाकरण गरेको देखीन्छ । फोहोरी मानीसले खेल्यो भन्दैमा फोहोरी भन्न मील्दैन कहीले काही मानीसले धुम्रपान निषेधित क्षेत्रमा पनी धुम्रपान गरेको घटना हो,यो गलत हो ! यसको बेलैमा उपचार नगरेका कारण यसले नराम्रो असर परेको हो । र नेपाललाई दुषित र फोहोर बनाएर यसको असर सबै ठाउँमा परेको कुरा साचो हो । यदी यो देशलाई टिटमेन्ट नगर्ने हो भने क्यान्सर रोगले चेप्न नसक्ला भन्न सकीदैन । क्यान्सरको लक्षणको रुपमा देखा परेको एउटा लक्षण हो । एमसीसी यदी यो नेपालमा आयो र आफ्नो ठाउँ ओगेट्यो भने । यसले अन्तीम अल्टीमेटम दीन्छ र यस क्यान्सर रुपी एमसीसी ले यो देशको अस्तीत्व नामेट गर्ने कुरा निश्चीत छ । र यो अमेरीकाको कच्चा पदार्थको रुपमा यो अड्डा बन्न पुग्ने छ ।

विषय जटील छ । र यसको सल्यक्रीया गर्न जरुरी मात्रै हैन अती जरुरी छ । नेपालको अस्तीत्व संग जोडीयका र देशको सार्भभौम सत्ता विदेशिको गीद्दे नजरको चपेटामा परेको छ यो नीकै नेपालीहरुको लागी दु खको कुरा हो । देशको विषयमा आएका जती पनी समस्याहरु छन । यसको छीटै हल गर्न जरुरी छ । हामी मालीक बन्ने की दास हाम्रै हातमा छ । हाम्रो सन्तती भावि पुस्ताको र हाम्रो सुन्दर भविश्य संग जोडीएको कुरा देश कस्तो बनाउने भन्ने विषयमा जीम्मेवार र जवाफदेही बन्न आवश्यक छ । देशको हीत चाहाने र देशको लागी योगदान गर्ने मानीसहरु एक ठाउँमा आउन जरुरी छ । र एक्लो भएर म मात्रै गर्छु भन्ने जुन खुम्चीएको सोच बाट बाहीर आउन पर्ने हुन्छ । अन्धा धुन्दा म यसो गर्छु म उसो गर्छु कसैले भन्छ भने त्यो ठग र दलाल हो । मानीसलाई वेबकुप बनाएर विभिन्न सपना बाडेर आफ्नो व्यक्तिगत स्वार्थ पुर्तीका लागी मानीसको भावना र अस्तीत्व माथि खेलवाड गर्ने छुट कसैलाई पनी दीन हुन्न ।

आज सम्म भएको यही नै छ । कसैले विना विचार सिद्धान्त र योजना खाली मानीसलाई वहकाउमा ल्याउने र आफप्नो स्वार्थ पुर्ति गर्ने र लुट्ने यो षडयन्त्र बाहेक केही होईन । यो रणनिति एक देशले अर्काे देश माथि र एक राजाले अर्काे राजा लाई सिध्याउने कुरुप षडयन्त्रमा प्रयोग भएको देखिन्छ । कता कता फीलीममा पनी देख्न सकीन्छ । र यस्तो बल्याक मेलीङ बाट सतर्क हुन पनी जरुरी देखीन्छ । यसको लागी स्वयम नागरीक नै जवाफ देही हुन आवश्यक देखीन्छ र राज्य सत्ता जनताको हातमा हुनु पर्छ । यदी खराब र फोहोरी मानीस कतै गलत तरीकाले झुक्यायर शक्तीमा पुग्छ भने दुधमा परेको झीँंगा टीपेर फाले जसरी फ्याक्न सक्ने र झीँंगाले विषादी कीटाणुु फैलाउन नदीन सेकेण्डमा जसरी झीगाँ फ्याकीन्छ त्यसरी जन्ताले फ्याक्ने व्याबस्था लागु गर्नु पर्छ । मैले यो कीन भनेको भने हाल नेपालमा विभीन्न आरोप लागेका र भ्रष्टचारमा मुचीएका मानीस बहाल वाला मन्त्रि भएको हाम्रै आखाले देखेका छौ ।

यो त्यही खराव र फोहोर झीँँगा हो जसको विषादीले देश दुषित भएको छ । जन्ताको रगत र पसीनाले कमाएको कर बाट चलेको सरकारमा भाइरस घुसेको छ सरकार ह्याध्र र विषादी युक्त हुदैछ । यो प्रक्रीया दीन दीनै फैलाईरहेको छ । हामी टुलुटुलु हेरेर बस्नु परेको छ । यो जस्तो विडम्बना अर्काे के हुन सक्छ । विषादी फैलीनु भन्दा पहीला नै त्यसलाई फ्याकीदीने व्याबस्था जन्ताको हातमा त्यो ताकत र सत्ता हुनु पर्छ । जब जन्ताको कर बाट चल्ने सरकार जनतालाई नै दुश्मनको कुदृष्टिले हेर्छ र व्याबहार गर्छ भने के गर्ने ? यो जस्तो तानाशाह अर्काे के हुन सक्छ । जबकी जनताको पक्षमा काम गर्दैन भने यसको कुनै काम छैन । जनताको कर बाट चल्ने सत्ता जनताको नै हुनु पर्छ । यसको लागी जनसत्ता नीर्माण गर्नु पर्छ । कुनै सिमीत साशक र त्यसको नातागोताले उपयोग गर्ने जुन अहीलेको व्यक्तीवादी तरीका छ । यो नीतान्त गलत छ । संसार कै नमुना देश बनाउन एक चोटी सबैले एक्ससाईज गर्ने की ?

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार