प्रहरीद्वारा विद्यार्थीलाई सचेतना

गण्डकी । लागुऔषध दुर्व्यशनी, साइबर, बालबालिका विरुद्धका अपराधको न्यूनीकरण गर्ने ध्येयले जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत जिल्लाका सात विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययतरत ८५० छात्रछात्रालाई भर्चुअल माध्ययमबाट सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

विगतमा भएका घटनाको विश्लेषणका आधारमा ती अपराधमा अधिकांश पीडक एवं पीडित युवा रहेको हुँदा उनीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।

पोखरा महानगरपालिका– ३ नदीपुरस्थित न्युग्यालेक्सी एकेडेमी कक्षा १२ मा अध्ययनरत १०० विद्यार्थीका लागि जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा र प्रवक्ता केसीले उक्त विषयमा प्रशिक्षण दिएका थिए ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार