पाँचपोखरी स्वास्थ्य शिविर: सेवाग्राहीलाई जिबनजल कोशेली, सेवाप्रती अधिकांश असन्तुष्ट

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङ र वडा नं ६ थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न हिजो मात्रै सम्पन्न भयो।

शिविर सम्पन्न भयो भनेर गाउँमा झ्याली पिटे झै सुचना फैलाईयो तर सेवाग्राहीलाई पालिकाले समन्वय गरेको स्वस्थ्य शिविर कत्तीको उपयुक्त भयो भन्ने बिषय ओजेल मै पर्यो।

प्रदेश अन्तर्गत मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय र पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिएको थियो।

शिविर संचालनको लागि पूर्ब-अनुसन्धान गरि वडा अन्तर्गतका स्वास्थ स्वंयमसेविका मार्फत डाटा लिनुपर्ने हुन्छ । त्यो डाटा अनुसार औषधी ल्याउने र शिविरमा चाहिने उपकरणको ब्यबस्थापन गर्न सजिलो हुन्छ ।

शिविरमा स्त्री रोग सम्बन्धी जानकारी, बाह्य उपचार जस्तै नाक, कान, घाटी, आँखा , दाँत लगायतका सेवाहरु प्रदान गरेपनी सेवाग्राही भने सन्तुष्ट छैनन्।

यति जना सेवा लिने हुन्छन भन्ने बिषयमा स्वास्थ क्षेत्रका कर्मचारी र गाउँपालिकाका प्रतिनिधि अनबिज्ञ थिए त्यसैले ढिलो पुग्नेलाई लटरम्म जिबनजल र आयुर्वेदिकको गोलि दिईएको थियो।

शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको जानकारी निर्धक्क फिजाईयो तर उक्त शिविरमा सेवा लिनेमा कति सन्तुष्ट भए भन्ने बिषयमा शिविरमै भएका कर्मचारीलाई पनि एकिन छैन।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार