यसै बर्षदेखि एसइई परिक्षामा विद्यार्थीले `एनजी´आएको बिषयको मात्र दिन मिल्ने ब्यबस्था मिलाएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अघिल्लो बर्षको भन्दा भिन्न गर्ने गरि यसवर्षबाट एनजी ल्याउने बिद्यार्थीले मात्र प्रत्येक विषयको परिक्षा दिन पाउने भएको छ ।
यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागेको हो।
कक्षा १२ सम्मको सबै तहका प्रत्येक बिषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।