नेपाली जनता झुक्याउन खासै गार्हो छैन भन्ने जाज्वलन्त उदाहरण बनेको छ । बिहानै देखि साथीसंगीले नेपाल टेकिकमको ५ हजार सम्मको उपहार पाईने भन्दै म्यासेन्जर मार्फत शेयर गरेका थिए।
तर उक्त सुचना आधिकारिक नभएको भन्दै टेलिकमले कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन अनुरोध गरेको छ।
हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रू. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (X) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन अनुरोध छ ।