खाद्य स्वच्छता क्षमता विकास तालिमको तेस्रो संस्करणमा मिठाई व्यवसायी

काठमाडौं। पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइयो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो ।

दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको हो ।

दरबार हाइस्कूलमा सम्पन्न तालिममा मिठाई व्यवसायमा योगशील, यसको सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, मिठाई स्वच्छताका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ, लेभलिङ्, भण्डारण, नियमन, उत्पादन गर्ने तथा विक्री गर्ने स्थान, संरचना, सुविधा, भण्डारण अभ्यास, स्वच्छता मूल्याङ्कन योजनालगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार