हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ दर्शक माझ लोकप्रिय छ। बच्चा देखि बुढासम्म सबैले मन पराउने लोकप्रिय टेलीसिरियल सक्किगोनि। केहि समय अगाडी सिस्नुपानी, भद्रगोल चलाउदै अहिले यो टिमले सक्किगोनि चलाईरहेको छ।
भद्रगोलमा शंकर आचार्य (बरिसठे) संग पनि मन मुटाब भएपछी उनी सक्किगोनिका शृंखलामा देखिएनन, भद्रगोल नै चलिराखे।
पछिलो शृंखलामा दीपक प्रसाद आचार्य (काकु) बाहिरिए। त्यसयताको कुनै श्रृंखलामा उनी देखिएका छैनन्।
केहि समय अगाडी सक्किगोनि टिमले ‘लाज शरणम्’ फिल्मको घोषणा गरेको थियो। उनी निर्माण टिमको मुख्य भूमिकामा थिए। लेखन देखि ब्यबस्थापन सम्मको कार्यमा खटिरहेका काकु अचानक पछिल्ला श्रृंखलाबाट बहिरिएका हुन्।
उनी बाहिरिएको हो या होइन? भन्ने बिषयमा अहिले नबोल्ने बताए। अहिले नखुलाउने भनेपछि कि पक्कै मेलमिलाप हुन्छ कि द्वन्द नै। कलाकार कहिले यता कहिले उता प्राय भन सकिन्न।
कुमार कट्टेल (जिग्री) संगको केहि थियो कि? कतै कथा लेखनमा जिग्रीले काकुको नाम राख्न नमानेको त् होइन? ‘काम गर्ने कालु मकै खाने भालु’ त् पक्कै हुदैन होला। काम गरेपछि यसले पनि गरेको छ भनेर पर्जामा दर्शकले हेर्न पाउने अधिकार कार गर्नेको हुन्छ। फिल्म लेख्न कुमार कट्टेलले गरे, तर सहयोगीका रुपमा दिपकले सहयोग गरे।
यतिबेला सक्किगोनि टिम ‘लाज शरणम’ सुटको लागि डोल्पा पुगेको छ। त्यसमा दीपक छैनन्। भद्रगोल छदै सुवास कार्की (बेलासे) लाई पनि टिमले निकालेको खबर बाहिरिएको थियो, त्यतिबेलाको शृंखला खासै चलेको थिएन। अहिले सुवास कार्की (बेलासे) बेलायतमा छन्।
दीपक प्रसाद आचार्य (काकु)ले यस बिषयमा केहि नखुलाएपछि उनी शृंखलामा पुन: जोडिनसक्ने सम्भाबना प्रबल छ। कहिलेकाही काम गर्ने मान्छेले निउ खोज्नु स्वाभाविक हो भनेझै पछिल्लो शृंखलामा सक्किगोनि टिम र काकु बीच सम्बन्ध बिग्रिएको बुज्न सकिन्छ।