काठमाडौँ। एकीकृत समाजवादी (एस)को पार्टी कार्यालय आलोकनगरमा भएको खनाल र नेपालको भेटमा अध्यक्ष माधव नेपालले पूर्ब-प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि ‘तानाशाह बन्न खोजेको’ आरोप लगाउँदै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
हसिलो अनुहारले कार्यक्रममै छाती च्यापिने गरि नेपाल-गौतमले अँगालो मारे। अहिले बामदेब स्वयं नै नेपाल-खनालको सम्बन्ध मिलाउन तत्पर छन्। यी त्रिनेता नेकपा एमालेका शक्तिशाली नेता थिए।
माधव नेपाल पतञ्जली प्रकरण मुछिएपछि खनालले सामान्य टिप्पणी गरेका थिए। उनलाई नसोधि पार्टी एकीकरणका कुरा अगाडि बढाउँदा पनि खनाल विपक्षमा बोलेका थिए, त्यो बिषयले पनि नेपाल असन्तुष्ट थिए ।
पत्रकार सम्मेलनमा पूर्ब प्रधानमन्त्री खनालले पार्टीको दसौं महाधिवेशन भएको १३ महिनासम्म पार्टीले पास गरेको समाजवादी कार्यक्रमको दस्तावेज आजसम्म सार्वजनिक नभएकोमा असन्तुष्टि व्यक्त गरे।
ओलीको करुणा नहुँदा एता न उता बनेका एमालेका शिर्ष नेतालाई अझै सकुन मिलेको छैन।
खनालले अन्तर्वार्तामा ‘नेकपा एमालेबाट विद्रोह गर्नु गल्ती भएको’ बताए पछि भोलिपल्ट जवाफ फर्काउँदै अध्यक्ष नेपालले पार्टीमा बस्न मन नलागे बाटो लाग्न सक्ने टिप्पणी गरे ।
भित्रि असन्तुष्टि र असहमतिका स्वरहरू सार्वजनिक रूपमा छलफलमा आउन थालेपछि पार्टीभित्रको एकताको अवस्था थप दुर्ज्ञेय बन्न थालेको संकेत देखिएको छ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल आफ्नै पूर्व पार्टी सहकर्मी महेश बस्नेतसँग पराजित भएका हुन्। यो प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्ने खनाल एक्लो पूर्व प्रधानमन्त्री हुन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवबीचको भेट एकतामै केन्द्रित भएको होकि भन्ने खनालको आशंका पनि थियो। पार्टीको सचिवालय बैठकमा नै अध्यक्ष नेपालले आफूहरू विचार मिल्नेसँग एकता गरेर अघि बढ्ने बताएका थिए ।
२०३२ सालदेखि सँगै बसेको पार्टी, सँगै आएको नेताले कम्युनिस्ट पार्टीको नियमहरू नीतिहरू संगै अबलम्मन गरेका दुई व्यक्तिको सम्बन्ध चिस्सिना थालेको हो । खनाल र नेपालबीच भिन्न मत र सहकार्यको सम्बन्ध रोचक र धेरै पुरानो पनि हो । उनीहरूबीच निरन्तर मतभेदपूर्ण सहकार्य यहाँसम्म आइपुगेको हो । अहिले आएर नेपालले पार्टी छाड भन्दा दुःख लाग्नु गम्भीर कुरा हो ।
‘माधवजीलाई मेरो नेता, उहाँले मलाई निर्देशन दिएर काम गर्नुपर्ने भनेजस्तो कहिल्यै ठानिनँ। सहयोद्धा चाहिँ हो। ०३२ सालदेखिको सहकार्य हो।अध्ययनको हिसाब, व्यवहारिक हिसाब र वैचारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ ठानेर तपाईं नै अध्यक्ष बन्नुस् भनेँ,’ खनालले भने।